नेकपा इरानको पक्षमा: 'अमेरिकाको कारवाही हाम्रो नीति विपरित छ' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपा इरानको पक्षमा: ‘अमेरिकाको कारवाही हाम्रो नीति विपरित छ’



काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेकोप्रति अमेरिकाको विपक्षमा गरेको बताएको छ ।

इरानमा भएको अमेरिकी कारवाहीको विरोध गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक अनलाईनसँग कुरा भनेका छन् ‘स्वाभाविकरुपमा अमेरिकी कारवाहीमा हाम्रो विरोध रहन्छ । हाम्रो पार्टी र सरकारले स्वतन्त्र, असलग्न परराष्ट नीति अपनाउनुका साथै कुनै पनि शक्तिशाली मुलुकको अरुप्रतिको असहिस्णु र आक्रामक नीतिको विरोध गर्छ। र, नेकपामा यसबारे कुनै दुईमत छैन ।’

श्रेष्ठले यस्तो बताएपनि नेपाल सरकार र नेकपाले भने कुनै औपचारिक विरोध भने जनाएका छैनन् ।

श्रेष्ठले पार्टीले औपचारिक धारणा सार्वजनिक गर्न नगरेपनि अमेरिकाले गरेको उक्त कारबाही नेकपाको नीतिभन्दा बिपरित भएकाले स्वाभाविक रूपमा नेकपा यसको विपक्षमा रहेको बताए ।

अहिले अमेरिकाले द्रोण हमला गरी इरानी जनरल सुलेमानीको हत्या गरेपछि राष्ट्रपति डोनाल्ड ट्रमप् विरुद्ध राजनीतिक तहबाट आलोचना सुरु भएको छ भने इरान र अमेरिकाको सम्वन्धमा थप तनाव सुरु भएको छ ।

यसअघि भेनेजुएला काण्डमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बक्तब्य जारी गरेपछि पार्टी र राजनीतिक वृत्तमा चर्चा र विरोध भएको थियो । त्यतिमात्र होइन अमेरिकी दुतावासले सरकारको धारणा पनि माग गरेको थियो ।