सुवास नेम्वाङको गृह नगरमा कांग्रेस अगाडी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुवास नेम्वाङको गृह नगरमा कांग्रेस अगाडी



नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा कांग्रेसका उम्मेदवारले अग्रता लिएको छ ।

गठबन्धनबाट उम्मेदवार केदार थापाले १३५ मत ल्याएर अग्रता लिएका छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएका छन् । उनले १५५ मत ल्याएकी छन् ।

एमालेका सीतादेवी रिजालले ९९ मत ल्याएकी छन् । वडा नम्बर एकबाट गणना सुरु भएको हो । गठबन्धनका दलहरुले नेपाली कांग्रेसकै उम्मेदवारलाई समर्थन गरेका छन् ।