नेपाल-खनाल समूहको बैठक सकियो: सरकारका कदममा साथ दिने निर्णय - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल-खनाल समूहको बैठक सकियो: सरकारका कदममा साथ दिने निर्णय



काठमाडौं-केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएपछि समानान्तर गतिविधि गरिरहेको खनाल–नेपाल समूहले सरकारलाई सघाउने भएको छ । बुधबार आकस्मिक रूपमा बसेको स्थायी कमिटि बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको आकस्मिक स्थायी कमिटी बैठकले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउंदै सरकारका कदममा सहयोग गरेर अगाडी बढ्ने निर्णय गरेको बताइएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट झन् संक्रामक बन्दै गएपछि प्रकोप न्यूनीकरणका लागि ठूला कार्यक्रम, गतिविधि पूर्णतः रोकिएको खनाल–नेपाल समूहका एक स्थायी कमिटी सदस्यले बताए । बैठकले फागुन २८ पछिको गतिविधिको समीक्षा पनि गरेको पनि उनले बताए ।

हाल कोरानाको नयाँ लहरको जोखिम बढेकाले अभियान अन्तर्गतका ठूला कार्यक्रम रोक्ने निर्णय भएको बताइएको छ । कोभिड संक्रमण कम भएका जिल्लामा साना बैठकहरू भने गर्न सकिने बैठकमा छलफल भएको थियो । साथै प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी गतिविधि गरिरहेकाले यो जारी रहँदासम्म समानान्तर गतिविधिले निरन्तरता दिइने समेत बताइएको छ ।

बैठकमा खनाल–नेपाल समूहका धेरै नेता अनुपस्थित थिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, बेदुराम भुसाललगायत मात्रै नेता उपस्थित रहेको बताइएको छ । वरिष्ठ नेता झलनाथ खनाल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रघुजी पन्त, मुकुन्द न्यौपानेलगायत नेता उपस्थित थिएनन् ।