नेपालको अनलाइन सिस्टमको कन्तविजोग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालको अनलाइन सिस्टमको कन्तविजोग



हरि थापा

आयो आयो आयो नेट आयो,एकै छिनमा खुसीले गदगद हुन्छन् बाल ,बच्चा ,युवा देखि वृद्दा बा ,आमा हत्तासमा देखिन्छन।

सबैलाई हतार भएको स्पष्ट देखिन्छ कति अात्तिदै झ्यालबाट चियाँउछन वृद्दा बा आमाहरू चस्मा लगाउँदै अफिसको झ्यालबाट भित्र चियाउँछन अफिसका भर्खरै अठार वर्ष काटेका भाइ बहिनी जस्ता देखिने उपर खुट्टी लगाएर मोबाइलमा व्यस्त हुन्छन् ।

सेवाग्राहीहरु सेकेण्ड सेकेण्डमा सर मिस मेरो कति नम्बरमा छ भनेर सोधिराख्छन। त्यत्रो प्रवृधी जडान गरेका छन् तर टोकन सिस्टम छैन यो सिधै विचोैलियाहरुलाई धाजली गर्न छुट दिएको हो सुविधा हो।

दायाँ बायाँ हेर्यो सबैका अनुहार मुलायम निर्दोष देखिन्छ जस मध्यमा ऐना हेर्ने हो भने अाफुपनि त्यसबाट छुट पाउदिन होला अनलाइन अनालाईन भनेर वाकदिक भईसकेका सेवाग्राहीहरु सँग घडी हेर्ने छटपटी गर्ने बाहेक कुनै विकल्प हुन्न ।

सेवाग्राहीहरु झ्याल तोडदिउ झैँ गर्छन् तर पनि कर्मचारी सुने नसुने झैँ गर्छन् कमसेकम किन अनलाइन सिस्टम यस्तो भइरहेको छ भनेर बुझाईदिए त सेवाग्राहीहरुले चित्त बुझाउथे होलान् कुर्यो कुर्यो अनि पालो आउने बेलामा नेट गयो भन्छन् साच्चिकै गएको हो त नेट यसो हेर्न गयो काम हल्का रूपका भइरहेको देखिन्छ।

अलिक बाठाँ सेवाग्राहीहरु दलाल लगाएर लाइन विना काम फत्ते गरेर हिड्छन तर ती वृद्दा बा आमा अनि अन्य सेवाग्राहीहरु छटपटीमै दिन विताउँछन।कतिले निराश हुँदै भन्छन् आज पाँच दिन भयो छ दिन भयो तर अहँ ती निर्दोष बा आमा र अन्य अनपढ सेवाग्राहीको काम कहिले हुन्छ कुनै अत्तोपत्तो छैन विचराहरुले गुनासो गर्ने ठाउँ छैन न राम्ररी बोल्न जान्छन यो देख्दा साँच्चै यो नेपालको अनलाइन झुर सिस्टमा सेवा दिन होइन दुख दिन ल्याईएको रहेछ भन्दा पनि पक्कै गलत हुँदैन पाँच मिनेटमा सकिने काम पाँच दिन लगाउने यस्तो सिस्टम कसैलाई पनि मान्य छैन तर सबै आवाज विहिन छन्  । ठाउँको ठाउँ माथिको फाइल कर्मचारीले तलमाथि गर्दिन्छन झिमिक्क अाखाँ पार्दै सोझा साझाको आँखा छलेर मुनिको फाइल माथि पार्दै लाइन नबसीकन काम सिध्याई दिन्छन केही व्यक्तिले आवाज उठाँए रुखो जवाफ दिन्छन उहाँको अगिनै ल्याएको फाइल सच्याँउन ल्याएको भन्दै कर्मचारीले नै बचाँउ गर्छन् अरूको के लाग्छ खुई गरेर टुलुटुलु हेर्दै पसिना पुच्छनु बाहेक केही गर्न सक्दैनन् ।

कर्मचारीहरू खुरुखुरु काम गरेको देखिन्छ तर भन्छन् नेट चलेन मान्छेहरू अाक्रोसमा अाउँछन के को नेट भलिबल कि फुटबलको नेट म किन्दिन्छु के हो यो नेट मन लाग्दा आउने मन नलाग्दा जाने किन यो दुख दिएको यो सिस्टम के हो?जहिल्यै नेट गयो भन्यो टार्यो अब भोलि आउनु कति सजिलै भन्छन् कर्मचारी आज घर जाँनुस भोलि अाउँनुस ती वृद्दा र अनपढ सोझा साझा को दैनिकि काम होलाकी भनेर आउने दिनभरि लाइन बस्ने अनि घर फर्कने काम कहिल्यै हुन्न बरु कर्मचारीले पाँच दिन पछि बोलाईदिए हुने हो नि तर कति दुख दिन जानेका हुन।कति आज अाउँछन आजै काम सकेर फर्कन्छन तर कति हप्ता दिन अगाडी आएर पनि दैनिक लाइन मात्र बस्छन।

फेरि सेवाग्राही पनि उस्तै अलि बुद्धिजीवी भन्नेहरु भित्र कर्मचारी सँग बहस गर्छन् अनि काम फत्ते गरेर हिड्छन।काम नहुने हरू त्यही कर्मचारीलाई फत्तफत्त कचकच गर्छन् उनीहरूलाई के मतलब तलब पाकेकै छ जति बुरुक्क बुरुक्क उफ्रेपनि उनीहरू चुपचाप बस्छन एउटा कानले सुन्छन अर्को कानले उडाउँछन।

केही एक दुईजना भन्छन् के यिनीहरूलाई भन्नु कार्यलय प्रमुखलाई भेटेर कुरा गरोैँ। यसो भनिरहदा कर्मचारीको अनुहारबाट बादल हट्छ
तर पनि सहानुभूति दिने खालको सान्त्वना सम्म दिदैनन् यसबाट बुझिन्छ कर्मचारी कति गैरजिम्मेवार छन् भन्ने कुरा पनि प्रस्ट देखिन्छ।

कत्तीले मूर्ख बुद्धि गर्छन् नचल्ने नेट को के काम फाल्दिम कम्प्युटर तर बोल्ने मात्र हुन छुने प्रयास कसैले गर्दैनन् ल हिडोैँ सबै जना जाअोैँ कार्यलय प्रमुख भेटोैँ यत्रो खैलाबैला हुदाँ पनि कर्मचारी चुप बस्छन। बरु अफिस भित्र गार्ड बसेको सेक्युरीटिले नागरिकलाई सान्त्वना दिन्छन यो नेट यस्तै हो ठेगान छैन देश भर एकै पटक बिग्रने गर्छ ईन्डियाको मोदीको अन्डरमा हो सिंहदरबार हो यसको कन्टोलर अफिस जाने सम्म बताउने कोसिस गर्छन् अब जानु हुन्छ भने जानुस कार्यलय प्रमुख लाई भेटेर पनि नेट आउने हैन क्यारे भन्दै सेक्युरीटी पनि तर्किन्छन।

बाहिर हेर्यो बुढाबुडी खुईखुई गर्दै घाममा पसिना छुटाईरहेका हुन्छन्। अनि उभिदा उभिदा फतक्क गलेर थ्याच्च बस्छन अनि यति उदेक लाग्दो कन्तविजोग सिस्टम त विश्वको कुनै पनि देशमा छैन र हुँदैन पनि होला भन्ने लाग्छ।

हातले लेखेर पाँच मिनेटमा सकिने काम प्रविधि प्रयोग गर्दा पाँच मिनेटमा पचाँस जनाको काम सक्नुपर्ने हो तर विडम्बना नेपालको सन्दर्भमा त्यो हुन सकेन लेखापढी गर्ने ले पाँच मिनेटमा काम सकिदिन्छ तर त्यति कम्युटरमा टाइप गरेर एउटा फोटो खिच्न तिन दिन लाग्यो सबैभन्दा अचम्मको कुरा यो अनलाइन सिस्टम प्रयोग गर्ने ठाउँमा टोकन सिस्टम छैन जहाँ टोकन सिस्टम छैन त्यहाँ आफ्नो पालो कहिले आउने भनेर कसरी थाहाँ पाउने आफ्नो फाइल कति नम्बरमा पर्‍यो भनेर सम्म थाहाँ हुन्न बेकारमा भिड गरेका छन् हल्ला गरेका छन् भित्र क -कसको नाम बोलाए त्यो पनि सुन्न कठिन हुन्छ ।

अनि लाइन बस्ने हरू लाइन बस्छन किन लाइन सर्दैन भन्दा भित्र नेट चलेको छैन भनेर सटिक जवाफ दिन्छन अनि पालो आउने आशामा सेवाग्राहीहरु हप्ता दश दिन कुर्दै बस्न बाध्यछन कति राजधानी बाहिर बाट एक दिनमा काम फत्ते गराउने योजना लिएर आएका हुन्छन् तर खुबै प्रविधिको फुई लगाउने नेपाल गभरमेन्टलाई हेक्का रहोस् यो प्रविधिले लुट धन्दा मच्चाई रहेको छ यो अनलाइन फारम भर्ने सिस्टमबाट 99.9% सेवाग्राही असन्तुष्टी छन् दलालहरुको विगविगी बढेको छ फारम भर्ने भन्दै प्रतिब्यक्ति दुईचार अक्षर टाइप गरेको व्यक्तिपिच्छे पाँच सय,हजार लिएका छन् यातयात कार्यलय होस वा मालपोत वा श्रम मन्त्रालय यस्तो प्रविधिको पर्खाईमा समय बर्वाद गर्नु भन्दा यस्तो झुर अनलाइन सिस्टमको खारेजी गरे समयमा सेवाग्राहीले सेवा पाउने थिए की?