‘नेपाल पासपोर्ट’ एप सुरु, यो प्रविधिको युग हो : मन्त्री महत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘नेपाल पासपोर्ट’ एप सुरु, यो प्रविधिको युग हो : मन्त्री महत



अजय शर्मा

काठमाडौँ, पुस २०  गते ।  मङ्गलबारदेखि मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिने भएको  छ ।  राहदानी विभागले ‘नेपाल पासपोर्ट’ एप प्रयोगमा ल्याएसँगै सर्वसाधारणले मोबाइलबाटै राहदानीको अनलाइन फाराम भर्ने सुविधा पाएका हुन् ।

राहदानी विभागले सेवाग्राहीको माग र आवश्यकतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको हो ।  यस मोबाइल एपको आरम्भसँगै राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्था अन्त्य भएको छ ।  मङ्गलबार सार्वजनिक भएको ‘नेपाल पासपोर्ट’ एप एक हजारभन्दा बढी एन्ड्रोइडको एप स्टोरबाट डाउनलोड भइसकेको छ ।  परराष्ट्रमन्त्री प्रकाशशरण महतले राहदानी विभागमा आयोजित एक कार्यक्रमबीच ‘नेपाल पासपोर्ट’ मोबाइल एप शुभारम्भ गर्नुभयो । यसरी मोबाइल एप प्रयोग गरेर आवेदनकर्ताले अनलाइन फाराम भरेजस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् ।  मोबाइलबाट फाराम भरेपछि आवेदनकर्ताले बारकोड नम्बर प्राप्त गर्छन् ।  उक्त बारकोडलाई स्क्रिन सट लिएर वा प्रिन्ट लिएर विभागमा शुल्क, फोटो, औँठा छाप र नागरिकता बुझाउन जानुपर्छ ।

परराष्ट्रमन्त्री महतले परराष्ट्र मन्त्रालयले आफ्ना सेवा जनस्तरसम्म सहज रूपमा पु¥याउन सूचनाप्रविधिको उपयोग गरेको बताउँदै भन्नुभयो, “यो प्रविधिको युग हो ।  सरकारी निकायबाट दिने सेवा सुविधालाई दु्रत रूपमा जनस्तरसम्म व्यापक र सहज रूपमा पु¥याउन परराष्ट्र मन्त्रालय नेतृत्व लिन तयार छ ।  सबै सरकारी निकायले पनि यस्तो प्रविधि प्रयोग गरून् र त्यसको अनुसरण होस् भन्ने परराष्ट्र मन्त्रालयको चाहना छ । ”
परराष्ट्रमन्त्री महतले कन्सुलर विभागलाई पनि यथासक्य छिटो विश्वका जुनसुकै स्थानबाटै अनलाइन निवेदन दिने व्यवस्थाका साथै उक्त समस्या समाधान पनि तत्काल गर्ने प्रणाली विकास गर्न लागेको जानकारी दिनुभयो ।  “हामी ई–पासपोर्टको गृहकार्यमा जुटेका छौँ ।  सो सेवा सुरु भएपछि प्रविधिका आधारमा पासपोर्टको शुल्क घटाउने भन्ने कुराको तय हुन्छ ।  यसअघि खाडी मुलुकमा लिइने पासपोर्टमा ३० डलर घटाइसकेका छौँ”, उहाँले भन्नुभयो ।

पहिलो चरणमा मोबाइल एपबाट नेपालभित्र विभागबाट र नेपालबाहिर दसवटा स्थानबाट लिन सकिने विभागका महानिर्देशक सुशीलकुमार लम्सालले बताउनुभयो ।  साथै उहाँले नेपाल बाहिरबाट मोबाइल एप प्रयोग गरेर बेलायत, वासिङ्टन डीसी, दोहा, हङकङ, रियाद, जेद्दा, आबुधाबी, लन्डन, कुवेत, न्युयोर्क लगायतका नेपाली नियोग र कन्सुलरबाट लिन सकिने जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले प्रविधिको माध्यमबाट सबै सेवा दिने मार्गतर्फ मन्त्रालय लागिपरेको बताउँदै निकट भविष्यमा मोबाइल एपमार्फत परराष्ट्रका सबै सेवा देशभर लागू गर्ने योजना छ भन्नुभयो ।

राहदानी विभागका महानिर्देशक सुशीलकुमार लम्सालले नेपालको राहदानीलाई आईएसओ स्ट्यान्डरमा पु¥याउन विभाग लागिपरेको बताउनुभयो ।  “राहदानी वितरण अझ सरल, सहज र प्रविधिमैत्री बनाउनेतर्फको पहिलो प्रयास मोबाइल एप हो”, उहाँले भन्नुभयो ।

कसरी भर्ने राहदानी अनलाइन फाराम ?
सबैभन्दा पहिले तपाईंले चलाएको मोबाइलको प्लेटफर्म थाहा पाउनु जरुरी छ ।  तपाईंको मोबाइल एन्ड्रोइड हो वा आईएसओ हो, सोको पहिचान गर्नुहोस् ।

त्यसपछि मोबाइलको एप स्टोर वा प्ले स्टोरमा गएर ‘नेपाल पासपोर्ट’ सर्च गर्नुहोस् ।
‘नेपाल पासपोर्ट’ एपलाई मोबाइलमा इन्स्टल गर्नुहोस् ।
मोबाइल एपमा ‘एप्लाई अनलाइन’मा क्लिक गरेपछि त्यहाँ फाराम भर्न दिइएको निर्देशिका पढ्नुहोस् ।
त्यसपछि त्यहाँ रहेको ‘एप्लाई अनलाइन’मा क्लिक गर्नुहोस् ।  त्यहाँ तपाईंलाई सुरक्षाका लागि राखिएका कोड सोसिनेछ, उक्त कोड टाइप गर्नुुहोस् ।
त्यसपछि तपाईंको मोबाइलमा राहदानीको फाराम आउनेछ, जुन अनलाइन फाराम जस्तै हुनेछ ।  त्यहाँ सोधिएको विवरण भर्नुहोस् ।
मोबाइल एप अनलाइन फाराम भरिसकेपछि मोबाइलमा देखिने बारकोडको स्क्रिन सट लिनुहोस् वा सो कोड प्रिन्ट गर्नुहोस् ।
सबै विवरण मोबाइलबाट भरेपछि आँैठा छाप, शुल्क, फोटो र नागरिकता बुझाउन राहदानी विभाग वा विदेशका लागि नेपाली नियोग र कन्सुलरमा जानुहोस् ।