नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए



काठमाडौँ- नेपालमा तीन जनालाई नयाँ प्रजातिको कोभिड संक्रमण देखिएको छ ।

बेलायतबाट फर्किएका २८ वर्षीया महिला र ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोभिड संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार छ जनाको नमूना हङकङमा परीक्षण गर्दा तीन जनामा नयाँ प्रजातिको कोभिड भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिडको भ्याक्सिन उपलब्ध नहुँदासम्म संक्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ ।