नेपाल पत्रकार महासंघ -भारत शाखाको २९ जनवरीमा प्रथम अधिवेशन हुदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल पत्रकार महासंघ -भारत शाखाको २९ जनवरीमा प्रथम अधिवेशन हुदै



देबेन्द्र केसी ,नयाँ दिल्ली –

भारतमा कार्यरत नेपाली पत्रकारहरुलाई दायरामा ल्याउने र सु-सड्गठित गर्ने उद्देश्यका साथ  भारतको राजधानी नयाँ दिल्लीमा गठन भएको नेपाल पत्रकार महासंघ-भारत शाखाले यहि जनवरी २९का दिन प्रथम अधिवेशन गर्ने भएको छ ।

अधिवेशन सफल पार्न भारतमा कार्यरत पत्रकारहरु दिन रात  एक बनाईरहेका छन । भारत स्थित नेपाली दुताबास र जनबर्गिय सड्गठनहरुको उपस्थिति रहने उक्त कार्यक्रममा नेपालबाट नेपाल पत्रकार महासंघको केन्द्रीय टिम पनि आउने शाखा  सभापति लोकेश शाह “आर्यन ” ले जानकारी दिनुभएको छ । ”

कार्यक्रमलाई २८ गते बन्द सत्र र २९ गते घोषणा सभा गरि दुई चरणमा सम्पन्न गर्ने योजना छ र सर्वसहमतिमा नयाँ कार्यसमिति प्रवासी पत्रकार बिच बन्नेछ ” कार्यक्रम बारे जानकारी दिदै आर्यनले थप बताउनु भयो  । भारतभरी कार्यरत  पत्रकारहरुको सहभागिता रहने उक्त कार्यक्रम तिस हजारी स्थित महासंघ भारत शाखाको कार्यालयमा सम्पन्न हुनेछ । कार्यक्रम पछि महासंघ भारत शाखाको आयोजनामा नेपाली दूतावासमा “भारत -नेपाल समन्ध र पत्रकारहरुको भूमिका” अन्तरकृया कार्यक्रम हुने पनि सभापति आर्यनले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा नेपाल-भारतका बुद्धिजीवी र पत्रकारहरुको सहभागिता रहने छ ।