नेप्लिज ब्रदर्श रूमद्वारा सुनसरीमा अग्नि पीडितलाई सहयोग - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नेप्लिज ब्रदर्श रूमद्वारा सुनसरीमा अग्नि पीडितलाई सहयोग



हिमाल पोस्ट /सुनसरी साउन ७ 

सुनसरी जिल्ला स्थित बराह न. पा. ९, कौवाटोलका अग्नि पीडितहरुका लागि सामाजिक संजाल फेसबुकमा सक्रिय ग्रुप  Nepalese Brothers Room (NBR) द्वारा राहत वितरण कार्य बिहिवार सम्पन्न भएको छ  । अग्नि ग्रस्त क्षेत्रको बस्तु स्थिति तथा तत्काल आवश्यकता परिपूर्ति गर्न र सहज जीवन यापन गरी वासस्थान निर्माणको लागि ११ घर परिवारलाई २/२ बण्डलको दरले २२ बण्डल (१९४ पिस) जस्तापाता र बाध्नको लागि प्रयोग गरिने बेल्डीङ तारहरु इलाका प्रहरी कार्यालय, पत्रकारहरु तथा स्थानीय बासिहरुको रोहवरमा राहत प्रदान गरिएको थियो  । उक्त  सहयोग कार्यबाट ११ घर परिवारको ४९ जना घर परिवार सदस्यहरू लाभान्वित भएका छन् ।

उक्त  क्षेत्रमा आगलागीका कारणले  ११ घर पूर्ण रूपमा क्षति ग्रस्त हुनुका साथै ३ जना घाइते भएका थिए ।  सहयोग कार्यको लागि राहत टोलीमा समावेश भई अग्नि ग्रस्त क्षेत्र सम्म आईपुग्नुहुने सम्पूर्णलाई , इलाका प्रहरी कार्यलय प्रकाशपुर, बराह न. पा.र सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई Nepalese Brothers Room (NBR) परिवारले आभार ब्याक्त गरेको थियो  ।