मलेसियामा १६ जना नेपाली पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मलेसियामा १६ जना नेपाली पक्राउ



मलेसियाको अध्यागमन विभागले १६ नेपालीसहित अवैध रूपमा बसेका ८६ जना आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । अवैधानिक हैयितमा रहेका उनीहरू गत शनिबार जोहरबारुको सेनाइ औद्योगिक क्षेत्रबाट पक्राउ परेको मलेसियाली अध्यागमन विभागले जनाएको छ ।

१८५ विदेशी श्रमिकको चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा १६ नेपालीसहित ६४ भारतीय, म्यानमारका ३ र बंगलादेशका ३ जना गरी ८६ जनालाई नियन्त्रणमा लिएको हो । ती सबै २० देखि ४० वर्ष उमेर समूहका भएको जनाइएकाे छ ।

पक्राउ गरिएकाहरूबाट कुनै पनि वैधानिक कागजात फेला नपरेको बताइएको छ । उनीहरूमाथि अध्यागमन ऐन उल्लङ्घन गरेको आरोप छ । अवैध रूपमा बसेकोले उनीहरूलाई कानुनी कारबाही हुनेछ ।