साफमा उपविजेता बनेको नेपाली टोली आज स्वदेश फर्किँदै - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

साफमा उपविजेता बनेको नेपाली टोली आज स्वदेश फर्किँदै



काठमाडौं- दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोली आज विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिएको छ ।

यसअघि फाइनलमा भारतसँग तीन शून्य गोलअन्तरले पराजित भएपछि समर्थकलाई सम्बोधन गरी नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको स्वागतमा विमानस्थल पुग्न आग्रह गरेका थिए ।

नेपाली टोली साफ इतिहासमा पहिलोपल्ट फाइनलमा पुगेको हो । उपाधि लक्ष्यमा भारत बाधक रहे पनि नेपालले उत्कृष्ट शैलीमा फुटबल खेलेकोमा सबैले प्रशंसा गरेका छन् ।

पाकिस्तान र भुटान सहभागी नभएपछि ५ टोलीबीच भएको प्रतिस्पर्धामा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो ।