नेपालले गुमायो इतिहास बनाउने अवसर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालले गुमायो इतिहास बनाउने अवसर



काठमाडौं । पहिलोपटक फाइनल खेलेको नेपालले साफ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जित्ने मौका गुमाएको छ । शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतलाई ३–० को नतिजा सुम्पिएपछि पहिलोपटक साफको उपाधि जित्ने मौका गुमाएको हो ।

यससँगै भारतले कीर्तिमानी आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । भारतको जितमा कप्तान सुनिल क्षेत्र र सुरेश सिंह वाङजमले दोस्रो हाफको सुरुमै तथा बैकल्पिक खेलाडी सहल अब्दुल समादले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा साफको उपाधि जितेको थियो ।

१९९३ पाकिस्तानले पहिलोपटक साफ च्याम्पियनसिप आयोजना गरेको थियो । पहिलो संस्करणदेखि १३औँ संस्करणसम्म आइपुग्दा नेपालले कहिल्यैपनि सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको थिएन । धेरैपटक नेपाल प्रतियोगिताको समूह चरणमै सीमित भएको थियो ।

तर, यसपटक भने नेपाल पहिलो पल्ट फाइनलमा स्थान बनाउन सफल भयो । प्रतियोगितामा नेपालको यो पहिलो फाइनल थियो भने भारतको यो लगातार आठौँ फाइनल थियो । सबैभन्दा धेरै सातपटक उपाधि जितिसकेको भारतले फाइनल खेलेको यो १२औँ पटक हो । भारतले २००३ मा एकपटक मात्र फाइनल पुग्न सकेको थिएन । तर, भारत आज नेपाललाई ३–० ले हराउँदै १३औँ संस्करणको उपाधि जित्न सफल भयो ।

दोस्रो हाफको सुरुमै सुनिल क्षेत्रीले गरेको गोलबाट भारतले अग्रता लिएको थियो । ४९औँ मिनेटम भारतका प्रित्तम कोटलले दायाँ भागबाट दिएको क्रसलाई कप्तान क्षेत्रीले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

क्षेत्रीको यो ८०औँ अन्तर्राष्ट्रिय गोल हो । अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्नेमा सुनिल पाँचौँ स्थानमा छन् । सक्रिय फुटबल खेल्नेमा क्षेत्री तेस्रो खेलाडी हुन् । क्रिष्टियानो रोनाल्डोले ११५ गोल गरेका छन् । त्यसपछि लियोनल मेसी र क्षेत्रीले बराबरी ८० गोल गरेका छन् ।

क्षेत्रीले गोल गरेको एक मिनेट बित्न नपाउँदै सिरेश सिंहले भारतको अग्रता दोब्बर बनाए । मोहम्मद यासिरको पासमा सुरेश सिंह वाङजमको प्रहार दीनेश राजवंशीको ढाँडमा लागेर गोल भएको थियो । दोस्रो हाफमो इन्जुरीमा समादले अर्को गोल थपिदिएपछि पहिलो पटक उपाधि जित्ने नेपालको सपना चकनाचुर भएको थियो ।

६७औँ मिनेटमा सुनिल क्षेत्रीले अर्को गोल गर्ने राम्रो अवसर खेर फाले । क्षेत्रीले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार नेपालका गोलकिपर किरण चेमजोङले बचाइदिएका थिए ।

७७औँ मिनेटमा नेपालका रोहित चन्दले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

सातौँ मिनेटमा सुमन लामाले हानेको प्रहारलाई भारतका गोल गुरप्रित सिंहले राम्रो बचाउ गरेका थिए । तर, राम्रो नियन्त्रणमा लिन नसक्दा नवयुग श्रेष्ठले हानेको प्रहार बारमा लागेर फर्केको थियो । तर, रेफ्री मजीद अल शमरानीले फउल दिएका थिए ।

त्यसअघि चौथो मिनेटमा नेपालका गोलकिपर किरणकुमार लिम्बुले दुईवटा राम्रो बचाउ गरेपछि भारतले अग्रता लिने राम्रो मौका खेर फाल्यो । भारतका मोहम्मद यासिरले पेनाल्टी क्षेत्रबाट हानेको लामो प्रहार किरणले मुश्किलले बचाएका थिए । किरणले राम्रो किरणले राम्रो नियन्त्रणमा लिन नसकेको बलमा अनिरुद्ध थापाले ६ यार्ड बक्सभित्रबाट हानेको प्रहारलाई पनि किरणले बचाइदिएपछि नेपालको संकट टरेको थियो ।