सेयर बजारमा सकारात्मक संकेत, उकालो लाग्यो नेप्से - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सेयर बजारमा सकारात्मक संकेत, उकालो लाग्यो नेप्से



काठमाडौं- सेयर बजार परिसूचक नेप्से एक सातापछि वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटपछि बुधबारसम्म एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से आज (बिहीबार) भने बढेको हो ।

गत मंगलबार ६० अंकको उच्च वृद्धि भएपनि त्यसयता लगातार घटेको नेप्से घट्ने क्रममा आज ब्रेक लागेको हो । आज बजार परिसूचक नेप्से १२.५७ अंकले बढेर १९७६८.९७ अंकमा बन्द भएको छ । नेप्सेसँगै जीवन बिमा र लगानीबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज एक अर्ब १८ करोड ७१ लाखको कारोबार भएको छ । आज बजारमा नेपाल दुरसञ्चार कम्पनीको १३ करोड ८९ लाखको कारोबार हुँदा एनसीसी बैंकको १० करोड ३५ लाख र सिभिल बैंकको ४ करोड ७१ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबार हुँदा १३७ कमपनीको सेयरमूल्य बढेको छ । त्यस्तै ४५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आज कारोबार भएकामध्ये आँधिखोला लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको रिभर्स फल्स हाइड्रोपावरको सेयरमुल्य ९.९७ प्रतिशत र सामुदायीक लघुवित्तको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।

यता लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ३.८० प्रतिशतले वृद्धि हुँदा राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ३.४१ प्रतिशत र माउन्टेन इनर्जीको सेयरमूल्य २.७२ प्रतिशतले गिरावट भएको छ ।