फेरि २७८ संक्रमित थपिए: नेपालमा झन् बढ्दैछ संक्रमण - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

फेरि २७८ संक्रमित थपिए: नेपालमा झन् बढ्दैछ संक्रमण



काठमाडौं- कोरोना संक्रमणको महामारी नेपालमा पनि तिब्र गतिमा फैलिँदै छ । पछिल्ला केहिदिनमा नेपामा हरेक दिन सर्वाधिक संक्रमित थपिएका छन् ।

आज शुक्रबार पनि ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार२७८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा नेपालमा थप २७८ जना संक्रमित थपिएको बताइएको हो । यससंगै नेपालमा कुल २९१२ जना कोरोना संक्रमित पुगेका छन् ।

यसअघि बिहिबार हालसम्मकै सर्वाधिक ३३४ जना नयाँ संक्रमित थपिएका थिए ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या ६७ लाख भन्दा बढी पुगेको छ भने करिव ३ लाख ९३ हजार बढीको मृत्यु भैसकेको छ ।