जानकार भन्छन : निगम डुबाउने योजनाबद्ध खेल भैरहेको छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जानकार भन्छन : निगम डुबाउने योजनाबद्ध खेल भैरहेको छ



काठमाडौं – नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न नसकेको बिषयले फेरी संसय थपेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट ऋण लिएको थियो । सोहि ऋणको किस्ता पनि तिर्न नसकेको समाचार बाहिरीएपछि निगम डुब्ने त होइन भन्ने आशंका उब्जेको छ । किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् ।

पछिलो एक वर्ष निगमबारे निगमबारे देखिएका केहि घटनाक्रमले निगम डुबाउने ठुलो खेल चलिरहेको जानकारहरूले बताउने गरेका छन् । उनीहरू भन्छन ‘यो सब निगम डुबाउने खेल हो, संगठित रुपमा निगममाथि चरणबद्ध प्रहार भैरहेका छन् यसले निगम डुबाउने योजनाबद्ध खेल नै हो भन्ने पुष्टि गर्छ’।

निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता पाएका छैनन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० नामको वाइडबडी जहाज पूर्णक्षमतामा उडान गर्न नसक्दा तीनवटा किस्ता तिर्न सकेको छैन ।

निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यवसायिक योजनाअनुसार उडान नहुँदा गत आवमा मात्रै करिब दुई अर्ब घाटा भएको छ ।