२० बर्ष पछि हुन लागेको निर्वाचनमा ६२ हजार ९ सय १६ सुरक्षाकर्मी परिचालन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

२० बर्ष पछि हुन लागेको निर्वाचनमा ६२ हजार ९ सय १६ सुरक्षाकर्मी परिचालन



बैशाख ३०, काठमाडौं

 

स्थानीय तहको निर्वाचन सुरु हुन अब केहि घण्टा मात्र बाँकी छ । २० बर्ष पछि हुन लागेको स्थानिय तह निर्वाचनको लागि शुरक्षा ब्यवस्था पनि मजबुत बनाउन ठुलो संख्यामा परिचालन गरिंदै छ । शनिवार उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्मेलन गरी आईतबार हुने पहिलो चरणको निर्वाचनका लागि  ६२ हजार ९ सय १६ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् ।

निर्वाचनका लागि परिचालित, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको संख्यात्तक बिविरण:
नेपाल प्रहरीबाट

प्रदेश नम्बर ३ –       १० हजार ३ सय ७६,
प्रदेश नम्बर ४ –         ७ हजार ५४
प्रदेश नम्बर ६ –       ५ हजार १ सय ४५

 

सशस्त्र प्रहरी बलबाट
प्रदेश नम्बर ३ –         ८ हजार ९ सय ३५,
प्रदेश नम्बर ४ –         ३ हजार ९ सय ७३
प्रदेश नम्बर ६ –        ४ हजार ४ सय ४८

 

राष्ट्रिय अनुसन्धान विभागबाट
प्रदेश नम्बर ३ –        १ सय ७५
प्रदेश नम्बर ४-        १ सय १५
प्रदेश नम्बर ६-            ९३