नोठबन्दी काण्ड:- रुसी राजदूतको चेतावनीपूर्ण पत्र - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नोठबन्दी काण्ड:- रुसी राजदूतको चेतावनीपूर्ण पत्र



नयाँ दिल्ली, २२ मंसिर

छिमेकी मुलुक भारतमा नोठ्बन्दी भएपछी दिल्लीमा रहेका बिभिन्न देशका दूतावासहरुले भारतीय विदेश मन्त्रालयमा पत्र लेखेर नोठ्बन्दीको विरोध गरेका छन् ।

छिमेकी मुलुक तथा कूटनीतिक नियोगमा रहेको ५ सय र एक हजार भारु सटहीबारे सुझाव दिन गठन भएको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । तर, भारतको वित्त मन्त्रालयले कुनै निर्णय गरेको छैन ।

नोठ्बन्दीका कारण नेपाल र भूटान सबैभन्दा बढी प्रभावित बनेका छन् । भारतमा पनि निश्चित रकम मात्र सहटी हुने हुँदा नेपाल, श्रीलंकाका साथै ठूला देशका दूतावासहरुको दैनिकीमा समेत असर परेको छ ।

भारु सटहीबारे भारतका लागि रुसी राजदूत अलेक्जेन्डर कदाकिनले चेतावनीपूर्ण पत्र लेख्दै भारु सटहीका लागि सरकारले तोकेको सीमा निकै कम भएको र यो रकमले डिनरको खर्च तिर्न समेत नपुग्ने उल्लेख रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्लीस्थित रुसी दूताबासमा २०० जना कार्यरत छन् ।