ओलीको दादागिरी : निर्वाचन आयोग उदासिन, ठुला मिडिया गुपचुप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीको दादागिरी : निर्वाचन आयोग उदासिन, ठुला मिडिया गुपचुप



काठमाडौं–

२ नम्बर प्रदेशमा हुने निर्वाचनको लागि निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ ।निर्वाचनकै अघिल्लो दिन अर्थात आयोगले तोकेको मौन अबधि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उलंघन गरेका छन् ।

मौनअवधि जारी रहेकै बेला ओलीले राजधानीमा आयोजित एक कार्यक्रममार्फत निर्वाचन आचारसंहिताको प्रबाह नगरी अभिव्यक्ति दिएका छन् । आइतबार राजधानीको प्रज्ञा भवनमा आयोजित अखिल सम्मान साँझलाई सम्बोधन गर्दै ओलीले ‘सूर्यमा भोट हाल्न सबैलाई सद्बुद्धि आओस्’ भन्दै  चुनावपछि एमालेकै नेतृत्वमा  संघीय र प्रादेशिक सरकार बन्ने दाबी गरे ।

‘चुनावपछि एमालेकै संघीय सरकार बन्छ, ७ ओटै प्रदेशमा पनि एमालेकै सरकार बन्नेमा दुई मत छैन’ ओलीले  भने, ‘यो देश बचाउन एमालेलाई पनि बचाउन आवश्यक छ । चाडपर्व आउँदै छ,  दूर्गा भवानीले सूर्यमा भोट हाल्ने सद्बुद्धि प्रदान गरुन्,   दशैको यही शुभकामना छ ।’
कांग्रेस नेता विमलेन्द्र निधिको नामै नलिई उनले पूर्व गृहमन्त्रीको जिल्लामा सत्ताको आडमा एमालेलाई तर्साउने काम भएको भन्दै आपत्ति जनाए ।

निर्वाचन आयोग उदासिन 

मौन अवधिमै भोट मागेका ओलीको बोलि प्रति निर्वाचन आयोगले अहिले सम्म कुनै कदम लिएको छैन । केहि संचार माध्यममा समाचार आएपनि ठुला मिडियाले पनि वास्ता गरेका छैनन । यस अघि निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै कतिपय नेतालाई स्पस्टिकरण सोधिएको थियो भने कसैलाई २४ घन्टे वार्निंग पनि दिइएको थियो ।