प्रधानमन्त्री ओलीले गरे फैसला: 'बास्कोटा निर्दोष छन्' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ओलीले गरे फैसला: ‘बास्कोटा निर्दोष छन्’



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व संचारमन्त्री गोकुल बास्कोटाको खुलेर बचाउ गरेका छन्।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको अडियो नै सार्वजनिक भएपछि मन्त्री पद नै गुमाएका गोकुल बाँस्कोटाले यस्तो काम गर्ने नसक्ने भन्दै उनले खुलेर बचाउ गरेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० कमिसन मागेको आरोप बाँस्कोटामाथि छ । बास्कोटा र प्रधानमन्त्री ओलीकै पनि संलग्नता भएको हुनसक्ने भन्दै कडा कारबाही हुनुपर्ने र प्रधानमन्त्रीले पनि यसबारे प्रष्ट पार्नुपर्ने आवाज उठिरहेको बेला ओलीले उल्टै बचाउ गरेका हुन् ।

बिहीबार राजधानीमा आयोजित नेकपा बागमती प्रदेशस्तरीय तथा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभइ प्रश्न उठेकाले राजीनामा दिएको बताए।

उनले भने, ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनाधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। तर केही प्रमाण छैन । गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’

उनले बाँस्कोटाले भ्रष्टाचार गरेकोजस्तो गरी प्रचार गर्नु जरूरी नभएको पनि बताए । उनले अहिलेसम्म उजुरी नपरेको पनि जनाए ।

उनले कसैले आफ्नो पनि नाम जोडेर अख्तियारमा उजुरी दिएको तर त्यो औचित्यहीन भएको बताए ।

प्रधानमन्त्री ओलीले अदालतले जसरी नै उनि दोषी नभएको फैसला सुनाएका छन् । सार्वजनिक कार्यक्रममै यसरी बास्कोटाकै पक्षमा फैसला सुनाउनुले बास्कोटालाई उनले जसरी पनि बचाउछन् भन्ने पक्का छ ।

यसअघि वाइडवडी काण्डमा पनि स्वर्गीय रविन्द्र अधिकारी दोषी नभएको फैसला नै सुनाएका थिए ।