अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मिल्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मिल्ने



काठमाडौँ – अब प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव लैजान मिल्ने भएको छ ।

सरकार गठन भएको दुई वर्ष पूरा भएसँगै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजान मिल्ने अवस्था आएको हो।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर नयाँ सरकार गठन गर्ने संवैधानिक बाटो खुलेको छ। नेपालको संविधानको धारा १०० को उपधारा ४ ले सरकार गठन भएको पहिलो दुई वर्षपछि मात्र अविश्वास प्रस्ताव पेश गर्न पाउने व्यवस्था गरेको छ।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा ओली नियुक्त भएका थिए भने उनले फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका थिए। एकपटक अविश्वासको प्रस्ताव पेश गरेको अर्को एक वर्षसम्म फेरि अविश्वासको प्रस्ताव ल्याउन नसक्ने संवैधानिक व्यवस्था छ।

उपधारा ४ मा उल्लेख गरिएको छ, ‘प्रतिनिधिसभामा तत्काल कामय रहेका सम्पूर्ण सदस्यहरु मध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनि लिखित रुपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन्। तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन।’

एक चौथाई सदस्यले अविश्वासको प्रस्ताव पेश गर्दासँगै भावि प्रधानमन्त्रीको नामसमेत प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको छ।

शनिबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारको दुई वर्षे कार्यकाल उपलब्धि मुलक रहेको बताएका छन्।