रफ्तारले भन्छ- केपी ओलीले चुनाव जितिसके - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रफ्तारले भन्छ- केपी ओलीले चुनाव जितिसके



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । उनले मतान्तरमा लिएको रफ्तारले उनी विजय हुने निश्चितप्राय छ ।

ओलीले यो क्षेत्रबाट यसअघि पनि ठूलो मतान्तरले जितेका थिए । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् ।

यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् । १ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको छ ।