ओलीको गृहनगरः एमालेलाई भोट नदिएको भन्दै निर्घात कुटपिट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीको गृहनगरः एमालेलाई भोट नदिएको भन्दै निर्घात कुटपिट



झापा, २५ असार ।

दमक कमल गाउँपालिका–१ का रामबहादुर भण्डारीलाई एमालेका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन् । भण्डारीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई भोट नहालेको भन्दै कुटपिट गरिएको हो ।

तीन वटा मोटरसाइकलमा आएका युवाले शनिबार राति बजारबाट घर फर्कने क्रममा भण्डारीलाई कुटपिट गरी घाइते बनाएका छन् । दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको भण्डारीको टाउको र छातिमा चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले चुनावको बेला वडाका उम्मेदवारलाई भोट नदिएको भन्दै कुटपिट गरिएको खुल्न आएको जानकारी दिएका छन् । भण्डारीलाई आक्रमण गर्नेहरुको खोजी भइरहेको प्रहरीको भनाई छ ।

भण्डारीले भर्खरै स्थानीय तहको चुनावमा वडा अध्यक्ष प्रेम्र पोखरेललाई असहयोग गरेको भन्दै आक्रमण भएको उनले बताएका छन् । भण्डारी एमालेबाट निर्वाचित पूर्व वडाध्यक्ष हुन् ।