प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्न्ने तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्न्ने तयारी



काठमाडौं- एपेन्डिक्सको अप्रेशनपश्चात ९ दिनदेखि अस्पतालमै आराम गरीरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिएको जनाइएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भैरहेको छ । प्रधानमन्त्री ओलीले डाक्टरहरूकै निगरानीमा निवासमै आराम गर्ने भनेपछि अस्पतालले यस्तो तयारी गरेको हो ।

अस्पतालमा लामो समय बस्दा बाहिर हाउगुजी भैरहने भन्दै प्रधानमन्त्री ओलीले बालुवाटारमै फर्केर आराम गर्ने भन्दै डाक्टरहरुसंग सल्लाह गरेको स्रोतको दाबी छ ।

अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने डाक्टरहरूको निर्णय थियो । तर, प्रधानमन्त्री ओलीले डाक्टरहरूलाई यो विषयमा कन्भिन्स गरिसकेका छन् अस्पताल स्रोतले जानकारी गरायो ।

मध्यरातमा पेट दुखेपछि ९ दिन अगाडी अस्पताल भर्ना भएका ओलीको एपेन्डिक्स पेटमै फुटेर संक्रमण फैलिएकोले अस्पतालको आइसीयुमै उपचार भैरहेको थियो ।