खास के भएको हो प्रधानमन्त्री ओलीलाई ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खास के भएको हो प्रधानमन्त्री ओलीलाई ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि मध्ये रातमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीलाई मुटुमा समस्या आएको बताइएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले बिहिबार राति मुटुमा असहज महसुस भएपछि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको जानकारी दिईन् ।

उनले मुटुको धड्कन बढ्ने समस्या देखिएकोले अस्पताल भर्ना गरिएको र अहिले स्वास्थ्य सामान्य रहेको भन्दै शुक्रवार नै डिस्चार्ज गरिने बताईन् ।

प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्न सल्लाह दिएपनि उनि काममा सक्रिय भएका थिए ।

दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए । उनि नेकपाको सचिवालय वैठकमा समेत सहभागी भएका थिए ।

धपेडीका कारण उनको स्वास्थ्यमा समस्या आएको अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीको २१ फागुनमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

फागुन ३० गते डिस्चार्ज भएपनि उनि काममा फर्किएका थिए ।