ओलीलाई भेट्न बिहानै बालकोट पुगे प्रचण्ड - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

ओलीलाई भेट्न बिहानै बालकोट पुगे प्रचण्ड



काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।

राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान राख्दै आएको छ। प्रचण्डले भने आफ्नो रोजाइको पात्रलाई राष्ट्रपति बनाउन चाहेका छन्।

यसैबीच बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिँदैछन्। तर सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मत नदिने निर्णय गरेको सन्दर्भमा ओली र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन रेशम चौधरीमाथि दबाब बढाएका छन्।

यस विषयमा पनि छलफल हुने बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि दुई शीर्ष नेताबीच राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि रिक्त रहेको मन्त्रालयको विषयमा छलफल भएको थियो।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा उनीहरूले विभिन्न चरणमा छलफल गरिरहेका छन्।