प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने सुचना बालुवाटार पुगेपछि... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने सुचना बालुवाटार पुगेपछि…



काठमाडौं- सत्तारुढ दल नेकपामा देखिएको विवादले अर्कै मोड लिएको छ । विवाद सुल्झाउन बसेको अध्यक्षद्वयको बैठकमा पनि सहमति भन्दा सडक भएका प्रदर्शन र व्यक्तिगत आरोप प्रत्यारोपमा केन्द्रित भएको बुझिएको छ ।

बुधबार बसेको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा प्रदर्शन गर्न लगाएर के साबित गर्न खोजेको भन्दै प्रश्न गरेको स्रोतले बताएको छ । ‘पार्टीको निर्णय पनि नमान्ने, सडकमा तमासा पनि गर्न लगाउने आखिर यसबाट तपाईं के साबित गर्न खोज्दै हुनुन्छ’ प्रचण्डको भनाई उद्घृत गर्दै स्रोतले भन्यो ।

प्रचण्डको प्रश्न प्रधानमन्त्री ओलीले शक्तिकै कुरा भएपछि जसले जे सक्छ गर्ने त रहेछ, यस्तो देखेपछि त तपाईंहरूलाई जलन हुन्छ होला हैन भन्दै जवाफ फर्काएका थिए ।

लामो समय शक्ति प्रदर्शनकै कुरामा अल्झिएका अध्यक्षद्वय एक अर्कालाई घोचपेच गरेका थिए । प्रचण्डले यस्तो प्रवृत्ति ठिक नभएको बताउँदै केहि स्थानमा मुठभेडको अवस्था आएकोबारे जानकारी गराएका थिए । एकातिर कोरोनाको महामारी छ यसले भयाबह अवस्था निम्त्याउन सक्छ र अर्कातिर भोलि तपाईं विरोधी त्यो भन्दा ठुलो समूह सडकमा आयो भने अवस्था कस्तो होला भन्दै ध्यानाकर्षण गराएका थिए ।

देशका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शनहरू भैरहेका छन् । यस्ता प्रदर्शन रोक्न प्रधानमन्त्री ओलीलाई प्रचण्डले आग्रह गरेका थिए भने पार्टी महासचिव विष्णु पौडेललाई फोन सम्पर्क गरेर प्रदर्शनक काम तत्काल रोक्न र प्रधानमन्त्री ओलीलाई सम्झाउन आग्रह गरेका थिए ।

दुई अध्यक्षबीच आज भएको भेटवार्ताका क्रममा प्रचण्डले कुनै व्यक्ति विशेषका पक्षमा प्रदर्शन गराउनु जायज नभएको भन्दै ओलीलाई यो रोक्न भनेका हुन्। तो मात्रै होइन प्रचण्डले अबका दिनमा सडकमा त्यो भन्दा ठुलो भिड तपाईंको बिरुद्धमा निस्किए के गर्न भन्दै

धरैजसो समय व्यक्तिगत आरोपमा बिताएपछि ओली– प्रचण्डबीचको आजको भेटमा कुनै निष्कर्ष ननिस्केको स्रोतले जनाएको छ। दुई अध्यक्षबीच भोलि पनि फेरि छलफल हुने जनाइएको छ । नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो। विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ।

कारबाही गर्ने तयारी

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लगातार छलफल भैरहेका बेला अर्को तथ्य बाहिरिएको छ । जारी स्थायी कमिटि बैठक प्रधानमन्त्री ओलीले एकाएक किन छाडे र निरन्तर स्थगित किन भैरहेक छ भन्ने अहिले नेकपावृत्तमा सनसनी मच्चाएको प्रश्न हो ।

सोमबार र मंगलबार भएको छलफलमा बुधबार बैठक बस्ने समझदारी भएको थियो। तर, बुधबार बैठक बस्ने बेलामा स्थगित गरियो। यसअघि पनि पटक पटक सारेर बुधबारका लागि तय गरिएको बैठक सहमति कायम गर्नको लागि भन्दै फरि स्थगित गरिएको हो।

स्रोतका अनुसार स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीमाथि कारबाही गर्ने प्रस्ताव ल्याउने पुरा तयारी भएको सुइँको पाएपछि बैठक पटक पटक सारिएको दाबी छ । त्यो खबर प्रधानमन्त्री ओलीकै कानमा समेत परेको स्रोतले दाबी गर्छ ।

स्थायी कमिटिका बहुमत सदस्यले असार २० गतेको बैठक सम्म सहमति नभए वा प्रधानमन्त्री ओली उपस्थित नभए प्रधानमन्त्री ओलीमाथि कारबाही गर्ने प्रस्ताव स्थायी कमिटीमा ल्याउने र त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराउने तयारी रहेको बताइएको छ ।

असार १० देखि सुरु भएको स्थायी समिति बैठकमा १६ गतेदेखिको छलफल ओलीको राजीनामामा केन्द्रित भएको थियो।

त्यसैले १८ गतेको बैठकमा ओली उपस्थित भएनन्। त्यसयता बारम्बार स्थगित हुँदै आएको बैठक पुनः असार २६ गते बोलाइएको छ।