ओली र प्रचण्डविरुद्ध अदालतमा मुद्दा दायर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओली र प्रचण्डविरुद्ध अदालतमा मुद्दा दायर



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालतको आदेशविरुद्ध एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलन गरेर

अदालतको आदेशलाई हेला गरेको भन्दै अधिवक्ता दिपेन्द्र झाले रिट दायर गरेका हुन् ।

मनोनयनको प्रक्रिया सुरु भएको अवस्थामा मतपत्र छपाईको अर्को निर्णय लिन कुनै हालतमा हामी हुन दिन्नौं भन्ने आयोजित पत्रकार सम्मेलनमा भाषण समेत गरेर अदालतको अवहेलना गरिएको उल्लेख छ ।