पत्र बाहिरिए लगत्तै ओली पुगे शितलनिवास, राष्ट्रपतिसँग लामो छलफल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पत्र बाहिरिए लगत्तै ओली पुगे शितलनिवास, राष्ट्रपतिसँग लामो छलफल



लामो समयपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच लामो भेटवार्ता भएको छ ।

बिहिबार राति राष्ट्रपति भण्डारीलाई भेट्न पूर्वप्रधानमन्त्री ओली शितलनिवास पुगेका थिए । उनीहरूबीच करिब २ घण्टा लामो छलफल भएको थियो । स्रोतका अनुसार बिहिबार राति ओली र भण्डारीबिच शिष्टाचार भेट भएको हो । तर भेटबारे दुबै पक्षले केही खुलाएका छैनन् ।

राष्ट्रपति र पूर्वप्रधानमन्त्री ओलीबीच अमेरिकन स्टेट पार्टनरसीप प्रोग्रामबारे छलफल भएको बताइएको छ । बिहिबार एकाएक पूर्वप्रधानमन्त्री ओलीको पालामा एसपीपी सम्झौता भएको कागजात बाहिरिएपछि ओली त्यहाँ पुगेको बताइएको छ । यद्यपी भेटघाट र छलफलको औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।

यसअघि राष्ट्रपति भण्डारीले एसपीपी सम्झौताबारे चासो व्यक्त गरेकी थिइन् । राष्ट्रपतिले बिहिबार दिउँसो प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटघाट र छलफल गरेकी थिइन् ।

अमेरिकालाई पठाइएको पत्र सार्वजनिक भएलगत्तै ओली शितल निवास पुग्नुलाई अर्थपूर्ण मान्न सकिन्छ ।