संविधान दिवसमा प्रधानमन्त्रीले विगत भन्दा पृथक र विशेष सम्बोधन गर्ने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

संविधान दिवसमा प्रधानमन्त्रीले विगत भन्दा पृथक र विशेष सम्बोधन गर्ने



काठमाडौं- संविधान दिवस २०७७ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले संबिधान दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा भन्दा पृथक रहने जनाइएको छ । प्रधानमन्त्रीले यसपटक लिखित शुभकामना नदिने जनाइएको छ।