प्रधानमन्त्री ओली शितलनिवासमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ओली शितलनिवासमा



काठमाडौं- सत्तारुढ दल नेकपामा विवाद भैरहेका बेला प्रधानमन्त्री ओलीको राष्ट्रपतिसंग भेटघाट तिब्र बनेको छ । बुधाबार साँझ पनि प्रधानमन्त्री शितलनिवास पुगेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । अध्यक्षद्वयको बैठक सकिएको केहि घण्टापछि शितलनिवास पुगेका ओली करिव डेढ घन्टामा बालुवाटार फर्केको जनाइएको छ ।

आजै बसेको अध्यक्षद्वयको बैठकमा त्यति सौहाद्रपूर्ण वातावारंमा कुरा नभएको र दुवै जना आफ्नो आफ्नो अडानबाट पछि नहटेको खुल्दैगर्दा प्रधानमन्त्री ओली शितलनिवास जानुलाई अर्थपूर्ण दृष्टिले हेरिएको छ । बुधबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा झण्डै २ घण्टा वार्ता भएको थियो ।

पछिल्लो समय शितलनिवासबाट फर्केपछि संसद अधिवेशन रोक्ने निर्णय गरेका थिए भने त्यसपछि शितलनिवासबाट फर्केपछि मन्त्रिपरिषदक सदस्यलाई बालुवाटार बोलाएर कित्ताकाट गर्न निर्देशन दिएका थिए ।