गृहमन्त्री बादल भन्छन: प्रधानमन्त्रीकै कारण सबै बदनाम भए - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गृहमन्त्री बादल भन्छन: प्रधानमन्त्रीकै कारण सबै बदनाम भए



काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेताहरु एकमत भएका छन् । प्रधानमन्त्री ओलीले बिधि अनुसार नचलेको भन्दै अहिले पार्टीमै चर्को आलोचना भैरहेको छ ।

यस्तैमा प्रधानमन्त्री ओलीलाई काँध थापेका गृहमन्त्री बादल पनि उनको विपक्षमा उत्रिएका छन् । ओलीकै सरकारमा मन्त्री समेत रहेका बादलले प्रधानमन्त्री ओलीकै कारण सबै बदनाम भएको भन्दै उनलाई राजिनामा गराउनुपर्ने धारणा राखेका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल,सचिवालय सदस्यहरु माधव नेपाल,वामदेव गौतम,रामबहादुर थापा र नारायणकाजी श्रेष्ठसहित दुई दर्जन स्थायी समिति सदस्यहरु प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन सहमत भएका हुन् ।

प्रधानमन्त्री ओलीलाई साथ दिदैं आएका गृहमन्त्री रामबहादुर थापाले समेत उनको साथ छोडेपछि उनि अझै अप्ठेरोमा परेका हुन्।

बुधवारको बैठकमा गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीको कार्यशैलीको समेत खुलेर आलोचना गरेका थिए । उनले पार्टी बिधि र पद्धतिमा चलाउनुपर्ने भएपनि प्रधानमन्त्रीबाट कमजोरी भएको धारणा राखेका थिए ।

यसअघि गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीलाई साथ दिएको चर्चा चलेपनि अन्तिममा प्रचण्ड–नेपाल खेमामा उनि सहभागी भएका हुन् । उनले अहिलेको समस्याको मुख्य कारण प्रधानमन्त्री ओली भएको धारणा राखेका थिए ।

भेलामा पार्टीलाई फुटबाट जोगाउनुपर्ने भएपनि प्रधानमन्त्री पदबाट भने हटाउनेमा सवै नेताहरु एक मत भएको एक नेताले बताए । वैठकमा सवै नेताहरुको उचित व्यवस्थापन गर्नेबारे समेत छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको स्थायी समिति बैठकमा ५ जनाले बोलेपछि बैठक स्थगित भएको थियो। त्यसलगत्तै दुवै पक्षका नेताहरु आ आफ्नो समुहका छलफलमा जुटेका हुन्।

बैठकमा प्रधानमन्त्रीलाई एक पद छोड्न प्रस्ताव गर्ने नमाने दुवै पदबाट हटाउने सहमती भएको छ । यता प्रधानमन्त्री ओलीले पनि आफु निकटस्थहरुसंग छलफल गरेका थिए । उनलाई पार्टी अध्यक्ष पद राख्न र प्रधानमन्त्री पद त्याग्न उनि निकट नेताहरुले सुझाव दिएका छन् ।

यी झम्सिखेल वैठकमा सहभागी भएका स्थायी समिति सदस्यहरु

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल ।