ओलीको गृहजिल्लामा एमालेको रामकहानी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीको गृहजिल्लामा एमालेको रामकहानी



काठमाडौं, २८ असार ।

झापाका १५ स्थानीय तहमध्ये १२ मा एमालेका संस्थापन र बाँकी तीन तहको प्रमुखमा नेता माधवकुमार नेपालनिकटले टिकट पाएका थिए । जसमध्ये सात तहमा प्रमुख र ११ तहमा एमालेले उपप्रमुख जितेको छ । प्रमुख नजितेको चार तहमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । पार्टी संस्थापननिकट जिल्ला अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष, नेपालनिकट जिल्ला सचिव मदन अधिकारी गौरादहको प्रमुखमा पराजित भए । दुवै स्थानमा उपप्रमुखसहित बहुमत वडा अध्यक्ष एमालेले जितेको छ ।

अाजको नयाँ पत्रिकामा खबर छ– नेता नेपालनिकट मञ्जु सिटौलाले हल्दिबारी गाउँपालिकाको अध्यक्षको टिकट पाएदेखि नै संस्थापननिकट नेता–कार्यकर्ता खुलेआम हराउन लागेको एमाले कार्यकर्ता नै बताउँछन् । झापामा नेपालनिकट जीवन श्रेष्ठले मात्रै भद्रपुर नगरपालिकामा प्रमुख जितेका छन् । बा“की पराजित ६ प्रमुख पदका उम्मेदवार संस्थापननिकट हुन् । कमल गाउँपालिकामा मेनका काफ्ले गोलाप्रथाबाट अध्यक्ष विजयी भइन् । नेपालनिकट नेता बेदुराम भुुसालले प्रदेश नम्बर १ का जिल्लामा सर्वसम्मत भएकाबाहेक प्रदेशमा पठाइएका नामबाट छनोट गरी उठाइएका अधिकांश उम्मेदवार पराजित भएकाले घात–अन्तर्घातको विषय बाहिर आएको बताए ।

मोरङका १७ स्थानीय तहमध्ये एमालेले पाँच तहमा मात्रै प्रमुख पद जितेको छ । निर्वाचनअगावै टिकट वितरणमा रकम बार्गेनिङ प्रकरण सतहमा आएको, सन्तुलित रूपमा टिकट वितरण नभएको भन्दै मोरङमा पार्टी पराजित हुनुमा संस्थापन पक्ष जिम्मेवार रहेको नेपाल पक्षको आरोप छ । संस्थापन पक्षले भने विराटनगर महानगरपालिकामा मेयरको टिकटका आकांक्षी महेश रेग्मीनिकट नेता–कार्यकर्ताले सक्रिय सहयोग नगरेकाले हार भएको आन्तरिक मूल्यांकन गरेको छ ।

सुनसरीको इनरुवा नगरलगायतमा अन्तर्घात भएको सचिव भीम आचार्यले नै बताउ“दै आएका छन् । भोजपुर, अछाम, बाजुराजस्ता जिल्लामा पनि यस्तै परिणाम आएपछि अध्यक्ष ओलीले सात दिनभित्र अन्तर्घात गर्नेमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।