ओलीलाई प्रधानमन्त्रीको यस्तो व्यंग्य ! « Himal Post | Online News Revolution
Logo

ओलीलाई प्रधानमन्त्रीको यस्तो व्यंग्य !



काठमाडौं, ६ मंसिर ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि हालतमा चुनाव नसर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उक्त सन्देश सुनाईदिन पत्रकारहरुसँग आग्रह गरेका छन् ।

बुधबार ओलीलाई ज्ञापन पत्र बुझाउन पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भने,‘ओलीलाई सुनाईदिनुहोस्, चुनाव कुनैपनि हालतमा रोकिँदैन्, ओलीजीले प्रधानमन्त्रीले चुनाव सार्छन भनेर प्रचार गरि हिँड्नुभएको छ, त्यस्तो गलत प्रचार नगर्न म यहीँबाट आग्रह गर्न चाहन्छु।’

लोकतन्त्रको रक्षाका लागि पनि चुनाव आवश्यक भएको भन्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनेमा कुनै शंका नगर्न देउवाले आग्रह गरे । उनले भने,‘जनता भोट खसाल्न लाईन बस्दा पनि ओलीले त प्रधानमन्त्रीले चुनाव सार्छ भन्न बेर लगाउनुहुन्न।’

-रिपोर्टस नेपालबाट