प्रचण्डलाई बर्बाद पार्ने शेरबहादुर हुन्: केपी ओली - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रचण्डलाई बर्बाद पार्ने शेरबहादुर हुन्: केपी ओली



काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दा प्रचण्डको बेहाल भएको बताएका छन् । सधै प्रचण्डमाथि खनिने ओली अहिले भने देउवाले गर्दा प्रचण्ड बिग्रेको बताउन थालेका छन् ।

बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आठ दश वटा मन्त्री दिएको तर अहिले शेरबहादुर देउवाको पछि लाग्दा बेहाल भएको बताएका हुन् ।

‘प्रचण्डलाई मैले त कमसेकम आठ दशवटा मन्त्री त दिएको थिए नि । अहिले शेरबहादुरका पछि धेरै खान गएका हेर्नुस् त बेहाल !’
उनले खान पाइन्छ कि भनेर एमालेबाटै पनि किन दुई चार जना कुदेको भन्दै प्रश्न गरे । माधव नेपालसँग दुईचार जना गएपनि नयाँ मानिस धैरै पार्टीमा आइसकेको ओलीले दावी गरे ।

उनले एमाले थोरै चोइटिए पनि सम्मृद्ध नेपाल सुखी नेपालीको सपना जिउँदै रहेको बताए ।