तीव्र गतिमा फैलियो कोरोनाको ‘अमिक्रोन’ भेरियन्ट, चार दिनमै फैलियो विश्वभर - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

तीव्र गतिमा फैलियो कोरोनाको ‘अमिक्रोन’ भेरियन्ट, चार दिनमै फैलियो विश्वभर



काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अमिक्रोन’ अत्यन्त तिब्र गतीमा फैलिएको छ । पत्ता लागेको चार दिनमा विश्वका नौ देशमा फैलिसकेको पुष्टि भैसकेको छ । थप देशहरूले पनि शंकास्पद संक्रमितहरूको परिक्षण गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि अन्य भेरियन्टको तुलनामा यो तीव्र गतिमा फैलिएको जनाएको छ । विज्ञहरूका अनुसार यो भाइरसलाई अहिलेको खोपले समेत काम नगर्ने बताएका छन् ।

अहिले यो भेरियन्ट दक्षिण अफ्रिका, इजराइल, हङकङ, बोत्सवाना, बेल्जियम, जर्मनी, चेक रिपब्लिक, बेलायत र इटलीमा देखा परेको हो । दक्षिण अफ्रिकामा पहिलोपटक नोभेम्बर २४ मा पहिलोपटक यो भेरियन्ट देखा परेको डब्लुएचओले जानकारी दिएको थियो । डब्लुएचओले यस भेरियन्टलाई लिएर दक्षिण एशियाली देशमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

शनिबार यो भेरियन्ट जर्मनी, ब्रिटेन र इटलीमा एकैपटक देखा परेको छ । जर्मनीका सामाजिक मामिला मन्त्री काई क्लोसले सामाजिक सञ्जालमार्फत यो भेरियन्ट आफ्नो देशमा देखा परेको जानकारी दिएका थिए ।

उनले दक्षिण अफ्रिकाबाट आएका दुई जना यात्रुको स्वास्थ्य परीक्षण गर्दा ओमिक्रनको देखा परेको बताएका छन् । उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै, बेलायतका हेल्थ सेक्रेटरीले ओमिक्रन दुई जनामा देखा परेको पुष्टि गरेका छन् ।

कुन देशमा कति संक्रमित

दक्षिण अफ्रिकामा पहिलोपटक नोभेम्बर २१ मा यो भाइरस देखा परेको हो । अहिलेसम्म यस भेरियन्टबाट ७७ जना संक्रमित भएका छन् । बोत्सवानाका चार जनामा यो भेरियन्ट देखा परेको छ । यस देशमा कोरोनाविरुद्ध सबैले खोप लगाएका छन् ।

हङकङमा दुई जनामा यो भेरियन्ट संक्रमण भएको पुष्टि भएको छ । उनीहरूलाई आइसोलेशनमा राखिएको छ । इजराइलका एक जनामा यो भेरियन्ट देखा परेको छ । उनी दक्षिण अफ्रिकाबाट पुगेका थिए ।

बेल्जियम र जर्मनीमा दुई-दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।चेक रिपब्लिकमा एक जनामा यो भाइरस देखा परेको छ ।

इटलीका एक जनामा यो भेरियन्ट देखा परेको छ । उनलाई क्वारेन्टाइनमा राखिएको छ ।