साग क्रिकेट: नेपाली महिला खेलाडीको कमाल- एक खेल, ४ कीर्तिमान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

साग क्रिकेट: नेपाली महिला खेलाडीको कमाल- एक खेल, ४ कीर्तिमान



पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला क्रिकेट खेलाडीले कमाल गरेका छन् ।

शानदार सुरुवात गर्दै पहिलो खेलमै चार कीर्तिमान बनाउन सफल भएका छन् ।

पोखरा रंगशालास्थित क्रिकेट ग्राउन्डमा नेपाल र माल्दिभ्सबीच भएको खेलमा नेपालका अञ्जली राईले कुनै पनि रन नदिई २ ओभर १ बलमै ६ विकेट लिएर नयाँ कीर्तिमान काय गरिन् ।टी–२० अन्तर्गत यो उपलब्धी हालसम्मकै पहिलो हो ।

माल्दिभ्सले १७ रन ल्याउने क्रममा ९ खेलाडी शून्य रनमै आउट भएर अर्को कीर्तिमान कायम भएको प्रशिक्षक जगत टमाटाको दाबी छ । टी–२० खेलमा सम्पूर्ण खेलाडी १६ रनमै अलआउट हुनु पनि पहिलो रेकर्ड भएको टमाटाको दाबी छ ।

‘१७ रनको लक्ष्य पाउँदा ५ बलमै जित हासिल गर्नु पनि अर्को कीर्तिमान भएको छ,’ उनले भने ।