पचपन्न करोडको लगातमा चन्द्रौटा–कृष्णनगर सडक खण्ड बन्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पचपन्न करोडको लगातमा चन्द्रौटा–कृष्णनगर सडक खण्ड बन्ने



सनिउल्ला धोबी, कपिलवस्तु फागुन ९

कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर सडक खण्ड बन्ने भएको छ । भारत सरकार र भारतको मुम्बाईमा रहेको एक्सपोट, इम्पोर्टको सयुक्त लगानीमा रु ५५ करोडको सडक बन्ने भएको हो ।

आउने महिना सो सडकको टेन्डर हुने भएको छ । चन्द्रौटा–कृष्णनगर सडकको २० किलो मिटर लम्बाई रहेको छ ।
नेपाल सरकारको सडक विभाग अन्तरगत सो सडक बन्न लगेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेला नेपाललाई सहयोग गरेको रकमबाट चन्द्रौटा–कृष्णनगर सडक खण्ड बन्न लगेको कपिलवस्तु क्षेत्र नं ५ का सांसद अभिषेक प्रताप शाहले बताउनु भयो ।

सडकको अब केहि महिनामै टेन्डर प्रक्रिया हुने सांसद शाहले बताउनु भयो । तत्काल दुई लेनको सडक बन्ने सम्झौता भएको सांसद शाहको भनाई रहेको छ । चन्द्रौटा–कृष्णनगर सडक बनेपछी यस क्षेत्रमा रहेका उद्योगहरुलाई भारतबाट कच्चा पदार्थ मागउन धेरै सजिलो हुने चन्द्रौटा उद्योग बाविज्य सघका अध्यक्ष जमशेद अलि मियाले बताउनु भएको छ ।

औद्यौगीक करिडोरको रुपमा विकास भैरहेको चन्द्रौटा–कृष्णनगर क्षेत्रमा अझ ठुलो ठुलो उद्योगहरु स्थापना हुने विश्वास व्यक्त गर्नु भयो । सकड बनेपछी अब कृष्णनगर भन्सार देखी तेस्रो मुलुकसम्म सामान आयात निर्यात गर्न सकिने अध्यक्ष मियाले बताउनु भयो ।
लामो समयदेखी विभिन्न कारण बन्न नसकेका, मर्मतसंभार हुन नसकेर विग्रेका, ठाउँ ठाँउमा भत्केका सडक बन्ने भएपछी यस क्षेत्रका वासीन्द खुसी भएका छन । आफ्ना घर अगाडीका सडकहरु सभाषद् अभिषेक प्रताप शाहको पहलमा धमाधम बनाउन थालेपछि आफुहरु खुसी र उत्साहित भएको स्थानिएले बताएका छन ।

यस ठाउँको सडक बर्षातको समयमा खाल्टा खुल्टी हुनुकासाथै सडक हिल्लामे भई सवारी साधन अवात जवातमा समेत कठिनाई हुन यहाँका जनताहरुले सास्ती खेप्नुपरेको थियो । कपिलवस्तु क्षेत्र ५ कै मुख्य सडक बन्ने भएपछी यस ठाउँका बासीन्दा निकै हर्षित भएका छन् । सडक बाट यस क्षेत्रका लाखौ जनताहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।