पद्मा अर्यालको सपना चकनाचुर - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

पद्मा अर्यालको सपना चकनाचुर



काठमाडौँ- स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका धनराज गुरुङ ३१‚४६६ मत पाई विजयी भएका छन्।

उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्माकुमारी अर्यालले २५‚८३९ मत प्राप्त गरेकी छन्। पद्मा एमाले अध्यक्ष केपी शर्मा ओलीकी विश्वासपात्र हुन् ।

यसपटक एमालेमा ओली निकटका धेरै नेताले चुनाव हार्दा उनले भने जित्ने आंकलन गरिएको थियो । तर फेरि सांसद बन्ने पद्माको सपना चकनाचुर बनेको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८‚११३ मत पाएका छन्।

यसैगरी २ ख मा नेपाली काँग्रेसका महेश भट्टराई १८‚८०८ मत पाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका बुद्धिमान श्रेष्ठले १६‚९९९ मत पाए।