पैताला संवादमा पाठकका जिज्ञासा मेटाउँदै गनेस पाैडेल बुटवलमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पैताला संवादमा पाठकका जिज्ञासा मेटाउँदै गनेस पाैडेल बुटवलमा



हिमाल पोस्ट /बुटवल ,जेठ २० 

पाठक मञ्च, बुटवलको आयोजनामा शनिबार बुटवलको एम्स कलेजमा गनेस पौडेलको पहिलो उपन्यास ‘पैताला’ बारे संवाद कार्यक्रम सम्पन्न भएको छ  ।

तन्त्र विधानमा आधारित उपन्यास बारे पाठक त्रय शेखर विकल्प, माधव पौडेल र रामचन्द्र श्रेष्ठले पठन अनुभव बताउनु भएको थियो । लेखक गनेस पौडेलले यो पुस्तक पढेर उत्तरहरुको प्रश्न जन्मने बताउँदै पूर्वीय दर्शनमा रहेको तन्त्र, मन्त्र र यन्त्र बारे प्रकाश पार्नु भएको थियो ।

नेपाली साहित्य संसारमा फरक र रहस्मयमय शैलीमा लेखिएको उपन्यास बारे पाठकले विभिन्न प्रश्न  समेत गरेका थिए । पूर्वीय दर्शन र भौतिक विज्ञानका अनेकौँ उदाहरण सहित पाठकको जिज्ञासा मेटाउदै गर्दा कार्यक्रम स्थल नै ध्यानमग्न बनेको थियो। कार्यक्रम सञ्चालन संचारकर्मी रमेश पाण्डेले गर्नु भएको थियो । कार्यक्रम स्थलमा पुस्तकको उल्लेख्य विक्री भएको थियो ।

बुक हिलद्वारा प्रकाशित उक्त पुस्तक  ३ सय ६३ पृष्ठको छ जसको  मूल्य ४ सय रुपैयाँ राखिएको छ ।

तस्बिर :हिमालय बुक हाउस