सन्तोष के.सीको फरक तीज गीत “पल्लाघरे सुन्तली" बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्तोष के.सीको फरक तीज गीत “पल्लाघरे सुन्तली” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

सङ्गीतकार गीतकार तथा गायक सन्तोष के.सीका हरेक तिजका गीतहरू चर्चामा रहने गर्दछन् र त दर्शक श्रोताको रोजाई पर्ने गर्छन् उनी ,गत वर्ष तिज गीत “सुन्तलिको भन्ट्टि ” बजारमा ल्याएका सन्तोषले यो वर्षको तिजको लागि ” पल्ला घरे सुन्तली ” बोलको तिज कोसेली हालै मात्र सार्वजनिक गरेका छन् ।

फरक शैलीमा समाजमा घटेका घटना लाई समेटेर अहिले युवा पुस्ता बिदेशिने माहोल बढ्दो क्रम मा रहेको बेला बुढा विदेश गय पछि बुढी सहर पस्नु र अरूको देखासिकि मा लागेर आफूलाई परिवर्तन गर्दै अरूको अँगालोमा बाधिने गरेका घटनालाई कथामा उतारिएको छ ।

यस गीतमा सन्तोष के.सी र सुष्मा अधिकारीको शब्द छ भने सङ्गीत सन्तोष के.सीले नै भरेका छन् यस्तै स्वर सन्तोष के.सी , देवी घर्ती मगर र शान्ता परियारको रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई करन चैसिरको छायाङ्कनमा विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा हास्यकलाकार किरण के.सी, बाबुराम बोहोरा सुनिता गौतम ( मुया) सन्ध्या पौडेल, बिनम रुपाखेती को उत्कृष्ट अभिनय देख्न सकिन्छ । एस एस डिजिटल प्रा.लीले गीतलाई बजार व्यवस्था गरेको छ  ।