तानसेन नगरको बजेट ६९ करोड - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

तानसेन नगरको बजेट ६९ करोड



पाल्पा, ३० भदौ । तानसेन नगरपालिकाको प्रथम नगरसभाले दीगो सहरी विकासका लागि आवश्यक पूर्वाधार र पर्यटनलाई महत्व दिएको छ । उसले नगर कार्यपालिकाको दीगो व्यवस्थापनका लागि आवश्यक नीति तथा कार्यक्रमहरूसमेत पारित गरेको छ । मेयर अशोककुमार शाहीले तानसेन नगरपालिकाले चालु आर्थिक वर्षलाई ‘सडक वर्ष’ का रूपमा प्राथमिकतामा पारेर योजना अघि सारेको बताए । नगर सभाले गाउँ र नगरको सम्बन्ध जोड्ने सडकलाई बाह्रै महिना चल्ने गराउन आवश्यक बजेट विनियोजन गरेको जनाएको छ । मेयर शाहीले चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि ६ करोड ५४ लाख ५० हजार विनियोजन गरेको बताए ।

उनका अनुसार दीगो शहरी विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न नगरस्तरीय कार्यक्रम अन्तर्गत १२ करोड १६ लाख ७३ हजार रूपैयाँ विनियोजन भएको छ । यो बजेट कुल निसर्त अनुदानको ३४ दशमलता ४० र कुल बजेटको १७ दशमलव ६० प्रतिशत रहेको उनले बताए ।

मेयर शाहीका अनुसार सडक सञ्जाललाई योजनावद्ध रूपमा अघि बढाउन नगर सडक गुरुयोजना अध्यावधिक गरी कार्यान्वयनमा ल्याइने छ । बृहत नगरस्तरीय सडक, अन्तर वडास्तरीय सडक, कृषि सडक, पर्यटन धार्मिक, सांस्कृतिक सडक निर्धारण गरी निश्चित मापदण्डका आधारमा व्यवस्थित गर्ने नीति बनाउने उनले बताए । ‘हामीले सडक सञ्जालको आधार वर्षका रूपमा चालू आर्थिक वर्षलाई लिइएको छ,’ नगर सभाको कार्यक्रम नीति तथा बजेट सार्वजनिक कार्यक्रममा बिहिबार पत्रकारसमक्ष भने, ‘गाउ“ र नगरको सम्बन्धलाई बाह्रै महिना सवारी साधनमा हिंड्न मिल्ने गराउने वर्षको रूपमा लिएका छौं ।’

उनले तानसेनको हुलाक चोकदेखि शीतलपाटी, शीतलपाटीदेखि नारायणस्थान चोकसम्मका सडकमा ऐतिहासिक गौरवलाई बचाइराख्न यसै आर्थिक वर्षमा ग्रेनाइट मार्वल बिच्छ्याउने कार्य थालनी गर्ने बताए । नगरपालिकाले सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधारलाई महत्व दिने उनले बताए । बुटवल–तानसेन–कालीगण्डकी करिडोर जोड्न तानसेनबाट चण्डीभन्ज्याङ् हुँदै छोटो बाटो जोड्नलाईसमेत यसै वर्षबाट सुरु गर्ने उनले बताए ।

मेयर शाहीले चालू आबका लागि ६९ करोड ४१ लाख ३१ हजार ९ सय ४७ रूपैयाँ बरावरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । निशर्त आयतर्फ ३५ करोड ३९ लाख ३७ हजार ९ सय ४७ रूपैया“ र सशर्त आयका रूपमा ३४ करोड १ लाख ९४ हजार प्रस्तुत गरेका थिए । उनले नगरको विकास र सामाजिक रूपान्तरणका लागि ५८ बँुदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सडक तथा यातायात, सिँचाई, खानेपानी, सडक बत्ती, सरसफाई ढल व्यवस्थापन, वातावरण तथा पर्यटन, आर्थिक तथा सामाजिक विकास, संचार तथा सुशासन, वित्तीय शुसासन जोड दिएका छन् । उनले वातावरण तथा पर्यटन प्रवद्र्धन पूर्वाधारका लागि १ करोड ८५ लाख २३ हजार रूपैयाँ विनियोजन गरेको छ । ग्रामीण पर्यटन, साहसिक पर्यटन जस्ता नयाँ प्रोडक्टलाई बजेटमा समावेश गरेको छ । पाल्पा संग्रहालयमा आउने पर्यटकका लागि एउटा साधन श्रोत सम्पन्न श्रव्यदृष्य कक्ष स्थापना गर्न नेपाल पर्यटन बोर्डसंग सहकार्य गर्ने उनले बताए ।

यसैबीच, सर्वत्र चासोको रूपमा रहेको नगरपालिकाका कर्मचारीको भत्ता वृद्धिका विषयलाई लिएर मितव्ययी निर्णय गरेको जनाएको छ । तानसेन नगरपालिकाले निजामती र स्थानीय तहका कर्मचारीका लागि १० प्रतिशतसम्म अतिरिक्त भत्ता सुविधा दिने भएको छ । नगरपालिकामा कार्यरत साथै गाभिएका वडाका कर्मचारीले ४० प्रतिशतसम्म अतिरिक्त भत्ताको माग गरेका थिए ।

नगरपालिकामा इन्धन, ४० प्रतिशतसम्म अतिरिक्त भत्ता लि“दै आएका थिए । यस्तै गाभिएका वडाका सचिवले असारसम्म ५५ प्रतिशतसम्म भत्ता लिएको उनले बताए । ‘कुनै पनि आर्थिक ऐन, नियमबाट बढी भत्ता दिन मिल्दैन,’ उनले भने, ‘नगरपालिकाको आन्तरिक आम्दानीमा असर गर्ने गरी हामीले भत्ता दिन सक्दैनौं ।’ नगरपालिकाले कर्मचारीले लि“दै आएको इन्धन सुविधा कटौती गरेको छ । यस्तै, घरभाडा भनेर लिएको रकमसमेत साउनयता बन्द भएको छ । कर्मचारीले मनोमानी ढंगले निर्णय गरेर लि“दै आएका सुविधा कटौती गरेको उनले बताए । नगरपालिकाले वैठक भत्ता १ हजार लिने निर्णय गरे पनि सरकारको निर्देशिका नआउ“दासम्म जनप्रतिनिधिको तलब र अन्य सुविधा अहिलेलाई नतोकिएको उनले बताए ।

पत्रकारिता पुरस्कारलाई ५ लाख

तानसेन नगरपालिकाको प्रथम नगरसभाले राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि ५ लाख सहयोग गर्ने भएको छ । मेयर अशोककुमार शाहीले बिहीबार नगरसभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसवर्ष उक्त रकम विनियोजन गरेको बताए ।
‘सञ्चार क्षेत्रको महत्व बुझेर नै यस कोषमा हामीले यसवर्ष ५ लाख दिने निर्णय गरेका हौं,’ उनले भने, ‘आगामी वर्षमा थप सहयोग गर्दै जानेछौं ।’ तानसेन नगरपालिकाले जिल्लामा उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि १५वर्ष अघि नै कोष स्थापना गरिसकेको छ । मेयर शाहीले विगतदेखि हुँदै आएको संचार क्षेत्र सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले नगरपालिकाले विगतदेखिको सहयोगलाई पुनः निरन्तरता दिएको बताए ।