भारतीय मन्त्री भाषण गर्दा गर्दै मंचमै ढलिन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतीय मन्त्री भाषण गर्दा गर्दै मंचमै ढलिन्



एजेन्सी– भारतको महाराष्ट्रकी महिला तथा बाल कल्याणमन्त्री पंकजा मुन्डे शनिबार एउटा कार्यक्रममा भाषण गर्दा गर्दै ढलिन् । उनले परली भन्ने ठाउँमा चुनावी र्यालीलाई सम्बोधन गरिरहेकी थिइन् ।

भारतीय जनता पार्टीको अनुसार उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ । उनले २१ अक्टोबरमा हुने निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिएकी छिन् ।

प्रचार अभियानको अन्तिम आफ्नो पाँचौ र्यालीलाई सम्बोधन गरिरहेकी मुन्डेलाई व्यस्तताले नै कमजोर बनाएको मानिएको छ ।