पर्दा पछाडिको हिरो: सबिर श्रेष्ठ (फिल्म निर्देशक) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पर्दा पछाडिको हिरो: सबिर श्रेष्ठ (फिल्म निर्देशक)



पर्दा पछाडिका हिरो, जसले कैयौँलाई सफल कलाकार बनाए, नेपाली फिल्म इन्डस्ट्रीका सफल निर्देशक, २० वर्ष अगाडि फिल्म शहनिर्देशक बाट फिल्मी यात्रा सुरु गरेका सबिर श्रेष्ठ एकपछि अर्को हिट फिल्म पस्किदै आएका र पब्लिकले आशा गरेका निर्देशक हुन। “कसले चोर्यो मेरो मन” उनको डेब्यु फिल्म थियो, अहिले शबिर निर्देशित नवौँ फिल्म “किङ” बजारमा आउँदै छ।
शबिर श्रेष्ठका सबै जसो फिल्म हिट छन् काली, कस्ले चोर्यो मेरो मन, तथास्तु, इशारा, के म तिम्रो साथी बन्न सक्छु, हमेशा,आधीबाटो,रामप्यारी, किङ  निर्देशन गरिसकेका उनी देख्दा कुनै भिलेन भन्दा कम छैनन्। फ्रेन्च कट दाह्री, खाइलाग्दो जिउ, मुस्कानले भरिएको अनुहार, निकै प्रसन्न मुद्रामा देखिने सबिर सँग यो हप्ता पर्दा पछाडिका मुख्य पात्र भन्ने शीर्षकमा हिमाल पोष्टको लागि कुरा गर्‍यौँ, के भन्छन त उनि ……

प्रस्तुति :किंग खनाल 
पब्लिकले त एक्सन र कट भन्ने मात्र बुज्छन, खासमा यो डाइरेक्टर भनेको के रैछ?
यसरी हेर्यौँ भने त साह्रै सिम्पल कुरा हो डाइरेक्टर, जसरी पृथ्वीको सारा चिजमा भगवान् छ भन्ने कल्पना गर्छौँ हामी, त्यस्तै फिल्मको प्रत्यक कण-कणमा नदेखीएको भगवान् हो डाइरेक्टर, हेर्दा नदेखिने तर प्रत्यक क्षणमा जोडिएको।

नयाँ पुस्ता र पुरानो पुस्ता बिच फिल्म इन्डस्ट्री नजमेको देखिन्छ, नयाँले पुरानोलाई नगन्ने, पुरानोले नयालाई नगन्ने किन यस्तो?
जम्दै नजम्ने भन्ने त होइन, म सबैसँग जम्छु, तर पनि केही हद सम्म कुरा ठिकै हो इन्डस्ट्री मा “फेथ” सिनियरलाई गर्ने सम्मानको चाइ कमी देख्छु म। बलिउड हलिउड यस्तै कुराले स्ट्रोङ छन्, उनीहरू भित्र अन्तरद्वन्द भए पनि बाहिर माया र सम्मान छुटाउँदैनन, यो सोँचको कमी हो, हाम्रो काम एउटै हो सबैले मिठो व्यवहार गरौँ भन्छु म। हामीले पुरानो पुस्तालाई यो अर्थले पनि सम्मान गर्नु पर्छ कि इन्डस्ट्रिलाई यहाँँ सम्म ल्याउन उहाँहरूको ठुलो योगदान छ।
निर्देशन मै किन लाग्नु भयो? केही राज छ?
निर्देशक नै बन्छु भन्ने सोँच त थिएन, फिल्म इन्डस्ट्री अहिले जस्तो थिएन, त्यति बेला ठुलो क्रेज पनि थियो, सम्मान थियो, कमाइको हिसाबले, लाइफस्टाइल को हिसाबले यो  क्षेत्र अब्बल लाग्यो त्यति बेला। 15801322_1258724417526194_928720183_n

किङ फिल्मको अन्तिम तयारीमा हुनुहुदो रैछ, कस्तो फिल्म हो यो?
किङ मनोरञ्जनको कम्प्लिट प्याकेज हो। एक्सन, गीत, लोकेसन, आर्टिस्ट, ड्रामा सबैमा अब्बल बनाउने कोसिस गरेका छौँ। तपाईँले देखिहाल्नु भयो पुरै टिम यसरी खटिरहेका छौँ। अहिले सम्मकै उत्कृष्ट बनाउने कुनै कसर बाँकी राखेका छैनौँ, बजेटमा पनि कुनै कम्प्रोमाइज गरेका छैनौँ।

किङबाट नेपाली स्वाद खोजिरहेका दर्शकले मसला पाउलान त?
एकदमै मसालेदार फिल्म बनाएका छौँ। दर्शकले खोज्ने सबै कुरा यो फिल्मबाट पाउनु हुन्छ। यो अन्तर्वाताको माध्यम बाट म भन्न चाहन्छु, हलमा पुगिदिनुस् हामी निराश बनाउने छैनौँ।

मान्छेले सफल निर्देशक भनेर चिन्छन, फिल्म पनि सबैजसो सफल छन्, तपाईँलाई चैँ कस्तो लाग्छ?
सफल र असफल त मेरो बिचारमा निर्देशक को भाग भित्र पर्दैन भन्ने लाग्छ, म जहिले पनि राम्रो मूभी बनाउने कोसिस गर्छु, राम्रो मूभी बनाउन आत्मबिश्वास चाहिन्छ। मेरो कामको मूल्याङ्कन दर्शकले गरिदिनु हुन्छ। मलाई दर्शकको माया पाउँदा खुसी नै लाग्छ। दुनियाँमा अनुहारलाई भन्दा पनि कामलाई सम्मान गरिन्छ। मलाई पनि मेरो कामको हिसाबले दर्शकले न्याय गरेको ठानेको छु।

निर्देशन क्षेत्रमा पाइला राख्नेहारुलाई सफल बन्ने केही टिप्स छन्?
सिम्पल कुरा के हो भने, मान्छेमा आत्मबिश्वास कति छ भन्ने हो। सिकाइ पनि मुख्य कुरा हो।सिक्न पछि पर्नु हुन्न, कामा प्रति इमान्दारी चाहिन्छ, पुरानोलाई सम्मान गर्न सक्नु पर्छ, आफूमा भएको खुबिलाई बाहिर ल्याउन हिच्किचाउनु हुँदैन, दृढ आत्मबिश्वास राख्नु पर्छ। सफल बन्न सकिन्छ। 15820217_1258724297526206_1792918123_n

 रेखा थापाले गर्दा चलेको हो भन्ने हल्ला चाइ के हो?
ठ्याकै त्यसरी त मैले सुनेको छैन, म चलेको त धेरै कारण छन्, सबैभन्दा पहिले त दर्शक को कारणले चलेको हुँ, मलाई माया गर्ने सबैको कारणले चलेको हुँ, अर्को मेरो कामको कारणले चलेको छु। हो, रेखा थापा, आकाश अधिकारी, प्रताप सुब्बा लगायत धेरै नाम मैले सम्झनै पर्छ। केही हात उहाँहरूको पनि छ। खासगरी मेरो गुरु अनिश कोइराला पनि स्मरण गर्न चाहन्छु।

 हाम्रो फिल्म क्षेत्रमा अहिले भईरहेका खराब गतिविधिले फिल्म क्षेत्रको न्याय होला?
म त भन्छु नेपाली इन्डुस्ट्री भित्र इथिक्स नै छैन अहिले, उदाहरण को लागि हलिउड, बलिउड नै हेरौँ, सिनियरलाई गर्ने सम्मान, उनीहरूको पब्लिक मा बोल्ने तरिका, सबै हेर्दा त हामीले सिक्नुपर्ने धेरै कुरा देख्छु। न सिनियरले जुनयरलाई माया दिन सक्यो, न जुनयरले सिनियरलाई सम्मान गर्न सक्ने, सबै सँग दम्भ र अहमता छ। यसरी हामी यो क्षेत्रलाई न्याय गरेका छैनौँ।

केही दिन अगाडि दिपकराज गिरिले फेसबुकमा “प्रभुहरुलाई रिजाउनु भन्दा दर्शकलाई रिजाउनु पर्ने कुरा सिकेँ भन्नु भएछ”को रैछन ती प्रभुहरु भन्या?
यो त दीपक जी बोलेको कुरा भयो, मैले खासै कमेण्ट नगरौँ होला।

 हलवाला, बिकासबोर्ड, निर्माता संघहरुको दादागिरी चल्छ हो फिल्म इन्डस्ट्रीमा?
खास भन्ने हो भने त कोही कसैको हितमा देखीँदैनन, फिल्म इन्डस्ट्रीको हितको लागि कसैले केही सिन्को  पनि भाँचेका छैनन्, सबैको आफ्नो रटान छ, सबै पैसा मुखी छन् यो सत्य हो।

 आँफैले तयार गरेका कैयौँ हिरो,हिरोइन को चर्चा हुन्छ, सेलिब्रेटी बन्छन जेलस हुँदैन?
यो त गर्वको कुरा हो, जेलस हुने कुरै छैन मेरो कारणले यस्तो भयो भनेर गर्व लाग्छ जेलस हुदिन।

छक्का पञ्जा र जात्राको सफलता पछि हामीमा कमी रैछ भन्ने लागेन?
पक्कै पनि, सिक्न बाँकी रैछ भन्ने फील भयो, माया गर्ने धेरै छन् नेपाली फिल्मलाई भन्ने थाहा भयो। खुसीको कुरा हो, आफ्नो काम प्रति अप्ग्रेटेड हुनुपर्छ भन्ने लेसन पनि हो।

अन्त्यमा तपाईँलाई माया गर्नेहरुलाई भन्नु केही छ कि?

पौष २८ गते देखी देश भर किङ रिलिज हुँदै छ, सबैलाई निमन्त्रणा भन्न चाहन्छु, नेपाली फिल्मलाई माया गर्दिनुस्, किङबाट तपाईँलाई पुरै मनोरञ्जन दिने कोसिस गरेका छौँ।

तपाईं र हिमाल पोष्टलाई यो अन्तर्बार्ताको लागि धन्यबाद।