प्रधानाध्यापक वोगटीको निधन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रधानाध्यापक वोगटीको निधन



बुटवल, ८ फागुन । बुटवलको समिट बोडिङ स्कुलका प्रधानाध्यापक कोसिस वोगटीको निधन भएको छ । उहांको निधनमा शोक व्यक्त गर्र्दै आईतबार रुपन्देहीका संस्थागत विद्यालयहरु बन्द रहे ।

प्याब्सनका समेत सदस्य रहिसकेका वोगटिको असामाहिक निधनप्रति दुख प्रकट गर्दै एक दिनका लागि विद्यालयहरु बन्द गरिएको हो । प्याब्सन तथा एनप्याव्सनले विज्ञक्ती मार्फत दुख व्यक्त गर्दै जिल्लाका सबै विद्यालयहरु बन्द गरिएको जनाएका छन् । बुटवल ५ मा रहेको उक्त विजद्यालयमा लामो समयदेखि सक्रिय रहनु

भएका बोगटि सामाजिक क्षेत्रमा पनि निकै सक्रिय रहनु भएको थियो । उहांको दुधनप्रति विधिन्न संघ संस्थाहरुले दुख प्रकट गरेका छन् । यता नेपाल कांग्रेस बुटवल उपमहानगर समितिले पनि वोगटिको निधनप्रति दुख व्यक्त गरेको छ ।

सभापती खेलराज पाण्डेले विज्ञक्ती प्रकाशित गर्दै आफ्ना क्रियाशिल सदस्य बोगटिको दिंवगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।