डिआइजीकै हैसियतमा सिलवाल एमालेमा प्रवेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डिआइजीकै हैसियतमा सिलवाल एमालेमा प्रवेश



काठमाडौं,२१ असोज ।

राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् ।

प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन । आजको नागरिकमा यो खबर छ ।

राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् ।