पशुपति शर्मा र कला पंगेनीको नयाँ गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पशुपति शर्मा र कला पंगेनीको नयाँ गीत बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे/फागुन १२ 

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको आवाजमा रहेको फरक धारको गीत “जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता
जागरुक बनाउनुछ हाम्ले नयाँ पुस्ता” बजारमा आएको छ । प्राय आफै द्वारा लेखिएका र फरक धार र फरक फरक आशयका गीत हरू मात्र गाउने गायक शर्माले यसपटक भने दुर्गा पंगेनी द्वारा लिखित गीत गाएका छन् । मलाई अमेरिका यही पछि प्राय गीत हरू माया प्रेम प्याटर्नमा निकालेको र आफूले फरक स्वादको गीत खोजिरहेको बेलामा दुर्गा पंगेनीले पठाएको शब्द मन परेको कारण आफू गीत प्रति आकर्षित भएको कुरा गायक शर्माले बताए ।

अन्तरा गुनगुनाउदै गायक शर्मा अगाडी भन्छन्  बनाउनु छ चौतारी पिपल अनि बर को रोक्नु पर्छ परदेशीने नेपालीको लर्को !!  यो गीत निकै शंदेशमुलक समेत रहेको छ ।परदेशीएका युवा हरुको जमात लाई रोक्ने आशय रहेको कुरा समेत गीतमा समावेश भएको कारण यो गीत प्रति म निकै आशावादी छु । यो गीतमा लय समेत गायक शर्मा आफैले भरेका छन् ।

आठ मिनेट लामो दोहोरी गीतमा गायक शर्मा लाई लोकप्रिय दोहोरी गायिका कला पंगेनीले साथ दिएकी छन् । देशमा भित्रभित्रै फैलीदै गएको जातीवादको आगो र राजनैतिक अतिवाद लाई समेत गीतमा समेटीएको कारण आफू गीत प्रति निकै आशावादी रहेको कुरा गायिका पंगेनीले बताईन ।गायिका का अनुसार समय फेरीदो क्रम सँगै समाजमा आम जिन्दगीका कुरा हरू, परम्परा हरू र मानवीय स्वार्थहरू कसरी फेरीदै गइरहेका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ ।

कृष्ण फिल्मसको पोस्ट प्रोडक्सन रहेको गीतको भिडियो चर्चित निर्देशक शङ्कर विसीले निर्देशन गरेका छन् । क्यामरामा सुरेश श्रेष्ठ छन् ।भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने अभिनयमा गायक पशुपति शर्मा आफै, गायिका कला पंगेनी र अर्का मोडल विपेश घिमिरेका, नायिका विनु खड्का को साथमा हास्य कलाकार भटभटे माईलाले समेत काम गरेका छन् । मिचीएको सिमानाको कुरा अनि देश बचाउने कुरा हरू समेटीएको कारण गीतको भावना अनुसार काम गरेको र गीत पनि निकै मन परेको कुरा मोडल विपेश घिमिरेले बताए ।

चर्चित सङ्गीत संयोजक विनोद वाजुरालीको सङ्गीत संयोजन रहेको उक्त गीत गायिका कला पंगेनीको युट्युव च्यानल बाट सार्वजानीक गरिएको छ ।