पशुपति शर्माको प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा,सबैको साथ पाउने आशा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पशुपति शर्माको प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा,सबैको साथ पाउने आशा



नेपाली लोक गित संगीत प्रेमी  दर्शक श्रोताहरुका लागी र कलाकारहरुका लागी पशुपति   शर्माको नाम नौलो होला भन्न पक्कै पनि सकिदैन ।धेरै नै दर्शको माया पाएका पशुपति  बेला बेलामा चर्चामा आईरहन्छन ।

यही असोज  ८ ९ र १० गते काठमाण्डौको कमलादीमा हुन गैरहेको राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको लागी छैटौ माधिवेसनमा पशुपतिले पनि आफ्नो उमेद्वारी सामाजिक संजाल मार्फत  घोषणा गरेका छन् ।

उनि लेख्छन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैंठौ महाअधिवेशन यहि असोज ८,९,१० गते सम्पन्न हुदैछ सबै मिलेर सफल पार्नको लागी हार्दिक अनुरोध गर्दछु ।वर्तमान सचिव भैरहदा सबै अग्रज,समकालीन र जुनियर भाईबहिनीहरुको सल्लाह बमोजीम यसपाली अब निर्णय परिवर्तन नहुने गरी प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्दछु।सबै दर्शक श्रोता र कलाकारको साथ पाउने आशा र अपेक्षा गरेको छु।