प्रस्ताव पारित हुन नदिने दृढता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रस्ताव पारित हुन नदिने दृढता



हिमाल पोष्ट / काठमाडौँ, १९ मङ्सिर । नेकपा (एमाले) निकट युवा सङ्घ तथा अनेरास्ववियुले आज साँझ नयाँबानेश्वर आसपास क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

संविधान संशोधनको प्रस्तावविरुद्ध जनमत तयार गर्न उनीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन तथा चक्काजाम समेत गरेका हुन् ।

सो अवसरमा प्राडा सुरेन्द्र केसीले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपका कारण राष्ट्रियतामा गम्भीर सङ्कट देखापरेकाले त्यसतर्फ राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

लोकगायक जीवन शर्माले विभिन्न राष्ट्रवादी गीत गाउँदै विभिन्न जाति तथा समुदायले भरिएको नेपाली समाजमा विखण्डन ल्याउन खोजिएकाले त्यसका विरुद्ध नागरिक समाज तथा बुद्धिजीवीले देशभर अभियान चलउनुपर्ने बताउनुभयो ।

युवा सङ्घका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका अध्यक्ष नवीना लामालगायतले संविधान संशोधनको प्रक्रियामा असहमत रहेका दल तथा सङ्घ संस्थाले समन्वय र सहकार्य गरी प्रस्तावले दीर्घकालमा पार्ने असरका बारेमा धारणा सार्वजनिक गर्न माग गर्दै राष्ट्रघाती प्रस्ताव पारित हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

सडकमा सञ्चालन गरिएको सो कार्यक्रमको अवधिमा नयाँबानेश्वर आसपास क्षेत्रमा सवारी आवागमनमा समस्या भएको थियो । रासस