नेपाली सेनाले भन्यो: अमेरिकालाई पठाएको पत्र सक्कली हो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नेपाली सेनाले भन्यो: अमेरिकालाई पठाएको पत्र सक्कली हो



नेपाली सेनाले अमेरिकाको नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एनजीएसपीपी) मा सहभागी हुन गरेको पत्राचार पुष्टि गरेको छ ।

पत्र सार्वजनिक भएपछि सक्कली र नक्कलीबारे बहस भैरहेको बेला सेनाले पत्राचार गरेको सत्य भएको र उक्त पत्र सक्कली भएको पनि बताएको छ ।

उक्त पत्राचार सेनाको आधिकारिक रहेको तर तत्कालीन परिस्थितिमा पठाउनु परेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन् ।

भूकम्पका बेला उद्धारका लागि नेपाल आएका अमेरिकी सैनिकले गरेको सहयोगको ‘फिडब्याक’का आधारमा अमेरिकालाई पत्राचार गरिएको सिलवालले दाबी गरेका छन् ।

बिहिबार बाहिरिएको पत्रमा भने स्पष्ट रूपमा एनजीएसपीपीबारे सम्बोधन गरिएको छ । विपद् व्यवस्थापनमा अमेरिकी सैनिक र नेपाली सैनिकबीच लामो समयदेखि सहकार्य हुँदै आएको छ ।

तर, एनजीएसपीपीमै बस्न इच्छुक रहेको भन्दै राजेन्द्र क्षेत्री प्रधानसेनापति छँदा पत्राचार भएको पत्रमा देखिन्छ । उक्त पत्र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पठाईएको खुलासा भएको थियो ।