अर्घाखाँचीमा जिल्लाका क्रियाशील पत्रकारहरु सम्मानित - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अर्घाखाँचीमा जिल्लाका क्रियाशील पत्रकारहरु सम्मानित



हिमाल पोस्ट संवाददाता/अर्घाखाँची फाल्गुन ८ 

नेपाल निजामती कर्मचारी युनियन संघको सन्धिखर्कमा शुरु भएको जिल्ला अधिबशनको क्रममा शनिबार अर्घाखाँची जिल्लामा क्रियाशील पत्रकारहरु   सम्मानित भएका छन ।

जिल्लाको पत्रकारीता क्षेत्रको विकसको लागि उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरि सम्मान गरिएको हो ।

कर्मचारी युनियनले कान्तीपुर टेलिभिजनका रुद्रमणी भुसाल, प्रेस युनियनका जिल्ला  अध्यक्ष सुर्य  भुसाल, नयाँ एफएमका स्टेसन म्यानेजर हरि भुसाल, अर्घाखाँची टेलिभिजनका तेजेन्द्र पाण्डे, अर्घाखाँची टाईम्सका नविन केसी र कारोबार दैनिकका घनश्याम पौडेललाई   सम्मानित गरेको हो ।