पिडामा डुबुल्की मार्दै देश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पिडामा डुबुल्की मार्दै देश



 

 काठमाडौँ
केही दिन एता भारी वर्षाका कारण देशभर बाढी र पहिरोले ठुलो मानवीय तथा भौतिक क्षेती भएको छ । तराईका अधिकांश जिल्लाहरू डुबानमा परेका छन् । हालसम्म ज्यान गुमाउनेहरुको सङ्ख्या ९६ पुगेको छ भने कतै मृतक शरीर गाड्ने ठाउँ नभएर नदीमा बगाइएको खबरहरु आएका छन् ।

गत शुक्रवार देखि भएको अविरल वर्षाले कतै यातायात अबरुद्द छन् त कतै खाद्यान्न सङ्कट भएको छ, कतै टेलिफोन र इन्टरनेटको लाइन छैन त कतै विद्युतका लाइन अबरुद्द भएका छन् । एयरपोर्ट डुबानमा परेर जहाज उड्न सकेका छैनन्, स्टक राखेको अन्न उम्रिन थालेको छ । कतै सञ्चार अबरुद्द भएकोले समाचार आउन सकेका छैनन् ।

खरबौंको क्षेती भएको अनुमान भए पनि कति क्षेती भयो भन्ने विवरण सङ्कलन गर्न सकिएको छैन । सरकारले क्षेतीको विवरण एक साता भित्र सङ्कलन गरेर उच्चस्तरको योजना बनाउने तयारी गरेको छ । सेना, प्रहरी उद्धारमा खटिएका छन्, विभिन्न संस्था तथा व्यक्तिहरूले सहयोग सङ्कलन गरी राहत वितरण गरिरहेका छन् ।

यसै बिच सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागु गरेको छ । सहयोग गर्ने एनजीयो आइएनजीओ हरुले सिधै राहत दिन नपाउने दिन इच्छुकले सरकार मार्फत दिनुपर्ने छ ।